बालबालिकाको क्षमता अभिवृद्धि गराउन पर्सा गाउपालिका अग्रसर

रबिन्द्र ठाकुर

मंसिर १४ पर्सा । सर्लाहीको पर्सा गाउपालिका विभिन्न बिकास निर्माणका कार्य सङै बालबालिका तथा किशोरकिशोरीहरुका लागि विभिन्न शिक्षा मुलका तथा क्षमता अभिवृद्धि गर्न जिल्लाका विभिन्न गैर सरकारी संघ संस्था संग समन्वय गरेर अगाडि बढिरहेको छ ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल तथा बागमती सेवा समाजको सहकार्यमा संचालित जीवन उपयोगी सीप तथा सुरक्षात्मक सीप सम्बन्धि तालिमको लागि छनौट भएको सहजकर्ता तथा सहभागीलाई पालिकाबाट सहयोग गर्न बुधबार सम्झौता भएको छ ।
गाउपालिका अध्यक्ष धिरेन्द्र राय यादव ( बिस्पत) तथा बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादे बिच भएको सम्झौता पत्रमा रुपान्तरण कक्षाको लागि गाउपालिकालाइ गर्नु पर्ने आवश्यक सहयोग गर्ने उल्लेख रहेको छ ।
जीवन उपयोगी सीप तथा सुरक्षात्मक सीप सम्बन्धि तालिम पर्सा गाउपालिकाकै बालबालिका सहभागी रहने गरि २६ हप्ता सम्म चल्ने र त्यसको लागि १० वटा सहजकर्ता प्रशिक्षण गराउने बागमती सेवा समाजका फिल्ड संयोजक नवल साहले बताए ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष , बालबालिका , कार्यपालिका सदस्य, अभिभावक सहितको उपस्थिति रहेको थियो ।

Comments
Loading...