बालबालिका लाई ५ दिने बाल भित्ते पत्रीका सम्पादन तालीम

रबिन्द्र ठाकुर

सर्लाही,७ साउन ।सर्लाहीको लालबन्दी नगरपालिकामा बाल भिते पत्रिका सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ ।

वर्लड भिजनको सहजीकरण तथा बागमती सेवा समाज नेपालकाको आयोजनामा समापन गरिएको तालिममा बालबालिकाले समा, ज्योति रुपान्तरण मासिक, आमा मासिक बाल भिते पत्रिका निर्माण गरी तालिममा प्रकाशन गरेको बाल स्पोन्सरसिप कार्यक्रम संयोजक प्रमेस बादेले जानकारी दिए । तालिम बुधबारदेखि सुरु भइ आइतबार सम्पन्न भएको कार्यक्रम संयोजक बादेले जानकारी दिए।

५ दिने तालिममा बनेका पत्रिकाहरु मध्ये प्रथम स्थान ज्योति रुपान्तरण मासिक भितेपत्रिका बनाउने समुह, दोस्रो स्थान सम्राट पत्रिका बनाउने समुह र तेस्रो स्थान आमा मासिक बाल भिते पत्रिका बनाउने समुहले ल्याएको फिल्ड मोबिलाईजर सुबोध महतोले जानकारी दिए।

तालिममा सहभागी उज्वल कुमार साहले हामीले बाल भिते पत्रिका तालिम मार्फत जिवन उपयोगी ज्ञान सिकेको बताए । बालबालिकाको लागि बाल भिते पत्रिका उपयोगी भएको उज्ज्वलले बताए । अब आफुहरु बाल भिते पत्रिका गाउँमा मात्र हैन विस्तारै देशभरि नै पुग्ने गरी बाल भिते पत्रिका प्रकाशन गर्ने उज्ज्वलले बताए ।

पर्सा गाउँपालिकाका सहभागी छात्रा सुगन्धा कुमारी यादवले बाल भिते पत्रिका तालिम अति नै उपयोगी भएको बताइन् । सुगान्धाले बाल भिते पत्रिकामा ५ दिनमा ५ लाख भन्दा बढी खर्च भएकोले सहभागीले यो तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरिन ।

प्रशिक्षक यग्य प्रसाद शर्माले सहभागी बालबालिकालाई सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गरे ।

बागमती सेवा समाज नेपालका अध्यक्ष् भरत कुमार कार्कीले बालबालिका बढी जिज्ञासु हुने गरेकोले जुन क्षेत्रको व्यक्ति देख्दा त्यो क्षेत्रमा नै काम गर्न ईच्छा देखाउने गरेको बताए ।तालिममा सहभागी छात्र तथा छात्रालाई बाल भिते पत्रिका तालिम कम उमेर पाउनु भनेको ठुलो उपलब्धि भएको अध्यक्ष कार्कीले बताए ।

Comments
Loading...