कथालेखन र चित्रकला सम्बन्धि २ दिने तालिम सम्पन्न

लोकप्रिय समाचारदाता

सर्लाही,८ साउन । कथालेखन र चित्रकला सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।


वर्लड भिजनको सहजीकरण तथा बागमती सेवा समाज नेपालकाको आयोजनामा बालस्पोन्सरशिप परियोजना अन्तर्गत संचालन गरेको तालिममा पर्सा र हरिपूर्वा पालिकाको २४ जना बालबलिकालाई तालीममा सहभागीभएको जानकारी सोही कार्यक्रममा गुणस्तर नियन्त्रण अधिकारी सुरेश कर्ण ले जानकारी दिए । तालिम आईतबार देखि सुरु भइ सोमबार सम्पन्न भएको कार्यक्रम स्पोन्सरशिप गुणस्तर नियन्त्रण अधिकारी कर्णले जानकारी दिए।

२ दिने तालिममा बालबालिकाले आफ्नो समाजमा भएको सकारात्मक कथा लेख्न सक्ने भने र तिनीहरूका स्तर उन्नतिको उदेश्यले तालीम संचालन  भयको हो। सस्थाले गरेका कार्यक्रमहरुको सकारात्मक परिबर्तन बालबालबालिकाको जीवन आएको परिबर्तन उनलाई नै कथाको मध्यमले लेख्न सिकाइएको कुरा फिल्ड मोबिलाईजर सुबोध महतोले जानकारी दिए।

कार्यक्रममा सहजीकरण उधब गुरुङ बरिस्ठ चित्रकार र वर्ल्डभिजन बर्दिबास कार्यालय की स्पोन्सरसीप विशेषज्ञ रश्मि गुरुङ द्वारा प्रशिक्षण गराइयको थियो।

Comments
Loading...