बाल क्लब सदस्यहरुका लागि पुस्तकालय व्यवस्थापन तालिम

लोकप्रिय आवाज समाचारदाता

सर्लाही भाद्र २३
वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत बाल क्लब सदस्यहरुका लागि पुस्तकालय व्यवस्थापन तालिम आजबाट शुरु भएको  हो ।

पुस्तकालय भनेको के हो, पुस्तकालयको ईतिहास, पुस्तकालयका प्रकार, पुस्तकालयले विद्यार्थीहरुलाई कसरी सहयोग गर्छ, अहिलेको युग अर्थात ईन्टरनेटको जमानामा समुदायमा पुस्तकालय हुँदा समुदायलाई के फाईदा हुन्छ ? समुदायमा पुस्तकालयको महत्व बुझाउँदै सहभागिहरुलाई पुस्तकालय व्यवस्थापन गर्न आवश्यक आधारभूत सीप प्रदान गर्ने साथै पुस्तक वर्गीकरण ९अबतबयिनष्लन) सम्बन्धी व्यवहारीक अभ्यास दिईने तालिमका सहजकर्ता नवराज थापा क्षेत्रीले जानकारी दिनु भयो ।
आफ्नो बाल क्लबमा भएको पुस्तकहरुलाई सानो पुस्तकालयको आकार दिई त्यसलाई व्यवस्थापन गर्दै समुदायमा पठन संस्कृति विकास गर्ने तालिमको उद्देश्य रहेको बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले बताए ।
हाल हरिपुर्वा नगरपालिकामा १ वटा बाल मैत्री सिकाई केन्द्रलाई पुस्तकहरु उपलब्ध गराई सकेको र त्यस्तै पर्सा गाउँ पालिकामा ४ वटा बाल क्लबहरुलाई पुस्तकहरु उपलब्ध गराईसकेको छ र आर्थिक वर्ष २०२३ भित्र हरिपुर्वा नगरपालिकाका थप दुई बाल क्लब र पर्सा गाउँपालिकाका थप ३ बाल क्बलहरुलाई पुस्तक वितरण गर्ने योजना रहेको संयोजक बादेले जानकारी दिए ।

Comments
Loading...