पालिका स्तरिय UPG Graduation Criteria को अनुमोदन बैठक सम्पन्न

वर्लड भिजन इन्टरनेशनल नेपाल, राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र  तथा हरिपूर्वा नगरपालिकाको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना UPG model अन्तर्गत ई.सं.२०२० देखी हाल सम्म हरिपूर्वा नगरपालिका भित्र रहेको विभिन्न वडाहरुमा करिब छ सय अति विपन्न घर परिवारलाई व्यपार व्यवसायमा सहयोग गरेको छ । त्यस्तै करिब ४ सय घर परिवारलाई कृषि क्षेत्रमा सहयोग हुने उद्देश्यले कृषि यन्त्र सहित विभिन्न समाग्रीहरु सहयोग गरिएको राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रका फिल्ड अफिसर राम शुसिल महतोले जानकारी गराए ।


सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज  UPG Graduation Criteria को अनुमोदन बैठक सम्पन्न भएको छ । हरिपूर्वा नगर उपप्रमुख सुमिन्त्रा देवी ग्वारिनको अध्यक्षतामा सम्पन्न अनुमोदन बैठकको प्रमुख आतिथीको रुपमा नगरपालिकाको प्रशासकिय अधिकृत कुमार परियार रहनुभयो ।
कार्यक्रममा समाजिक सुरक्षा,जिविकोपार्जन प्रर्वद्धन,वित्तिय समावेशीकरण तथा सामाजिक सशक्तिकरण बिषयहरुमा के कस्ता उपल्बधी मुलक काम भएकोबारे सहभागिलाई UPG  सदस्यहरुले जानकारी गराएको छ ।

UPG सदस्य देवकला माझी मुसहरले राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रको अगुवाइमा यस कार्यक्रम अन्र्तगत पाएको बगुंरले पुरै मुसहर बस्तीको रुपरेखा नै परिर्वतन भएको बताए । पहिला मुसहर जातीका समुदायले दिनभरी नदिमा माछा मारेर जिवन जिउका चलाउन धौ धौ परेको थियो तर अहिले बगुंर पालन गरेर महिनाको १५ देखी २० हजार कमाइ भइरहेको र परिवारिक जिवन सहज भएको बताए ।
त्यस्तै कार्यक्रमको प्रमुख आतिथी प्रशासकिय अधिकृत कुमार परियारले यस कार्यक्रमले हरिपूर्वा नगरपालिकाको अति विपन्न परिवारलाई धेरै नै सहयोग भइरहेको र कार्यक्रमलाई निरन्तरता दिएर बाकी रहेको घरपरिवारलाई पनि सहयोग गरिदिन हुन आग्रह गर्नुभएको छ ।

Comments
Loading...