Warning: session_start(): open(/tmp/sess_iqs4rsa71gjekavr5finr0j1i1, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
बाल संवृद्धिको लागि हरिपुर्वा नगरपालिकाको प्रतिबद्धता – lokpriyaawaj

बाल संवृद्धिको लागि हरिपुर्वा नगरपालिकाको प्रतिबद्धता

रबिन्द्र ठाकुर

सर्लाही, असार १४ । वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत बाल संवृद्धिको लागि हरिपुर्वा नगरपालिका जनप्रतिनिधी, कर्मचारी अभिभावक, बालबालिका, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविकाहरुले बालबालिका सम्बन्धि २० वटा समस्या पहिचान गर्दै समस्याहरुको प्राथिमिकीकरण पनि गरेका छन् जसमा बालबिवाह प्रमुख समस्या रहेको छ भने दोस्रोमा कुलत रहेको छ त्यस्तै तेस्रो नम्बरमा विद्यालय छाड्ने रहेको छ ।

हरिपुर्वा नगरपालिकाले आगामी ५ वर्षका लागि देखेका परिकल्पना “बालबिवाह, बाल दुव्र्यसन, गरिबी कुपोषण, हिंसा जस्ता समस्याको अन्त्य भई बालबालिकाको संरक्षण, उनीहरुले गुणस्तरीय शिक्षा प्राप्त गरी, अर्थपूर्ण तथा नेतृत्वदायी बाल सहभागीताको प्रबद्र्धन गर्दै बाल मैत्री वातावरणको आनन्द लिईरहेको हुनेछ।”


हरिपुर्वा वडा नं.–६ का वडा अध्यक्ष राम सुगारथ राय भन्छन् ,“ हरिपुर्वा नगरपालिकाको बालबालिकाहरुको बाल संवृद्धिको परिकल्पना गरिरहदा अझ बढी उत्तरदायि भएको महशुस भएको छ । नीतिनियम बनाउने र त्यसलाई कार्यान्वयन गर्ने पनि हामी जनप्रतिनिधि नै हौंं । हामीले हाम्रो अन्र्तद्वन्द्व विर्सेर बालबालिकाको सर्वोत्तमहीतलाई सर्वोपरी राखेर काम गर्नु पर्छ र त्यसको लागि हामीले देखेको बाल संवृद्धि पुरा गर्न प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु ।


हरिपुर्वा नगरपालिकाको नगरप्रमुख विनोद कुमार साह भन्नु हुन्छ “बालबालिकाको सवालमा बजेट छुट्याउन कति पनि हिच्किचाउन्न धेरै भन्दा धेरै बजेट छुट्याउछौं । बाल संवृद्धिका लागि एक्लैले पुरा गर्न गाह्रो हुन्छ । त्यसका लागि आज हामीले जुन परिकल्पना गरेका छौं त्यो पुरा गर्नका लागि सबैलाई आग्रह गर्दछु।”


हरिपुर्वा नगरपालिकाको नगरप्रमुख विनोद कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका, महिला समूह, अति जोखिममा रहेको समूहको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत तथा उद्देश्य बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले गरेका थिए भने कार्यक्रमका सहजिकरण वल्र्डभिजन इन्टरनेसनल नेपालका स्पोन्सरसीप फिल्ड कोर्डिनेटर बालकृष्ण खड्काले गरेका थिए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_iqs4rsa71gjekavr5finr0j1i1, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0