बेमौसमी बर्षातमा वाली गुमाएको किसानलाई माण्डवी गौर द्धारा शितकालिन सहयोग

घंश्याम सिंह २०७८ माघ २० सर्लाही

पेनिअपिलको आर्थिक सहयोग तथा माण्डवी गौरको आयोजनामा सर्लाही तथा रौतहटको किसानहरुमा बेमोैसमी भिषण बर्षातबाट प्रभावित भएको हरुलाई शितकालिन सहयोगको रुपमा ६७ वटा घरपरिवारमा सिरक तथा कम्बल प्रदान गरिएको छ ।
सर्लाहीको हरिपूर्वा नगरपालिका ४ डुमरियामा वडाध्यक्ष नागेश्वर रायको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा एक कार्यक्र बिच माण्डवीको कर्मचारीहरुले बाढीबाट प्रभावित विपन्न किसानहरुलाई शितकालिन सहयोगको रुपमा सिरक प्रदान गरिएको माण्डवीको कार्यक्रम संयोजक अरविन्द कुमार चौधरीले बताएको छन ।


त्यस्तै  पर्सा जिल्लाको विन्दबासी गाउपालिकाको १ सय ५५ किसानहरुलाई खाद्यान,मल तथा विउ बितरण गरिएको छ । शितकालिन सहयोग मार्फत रौतहटको १ सय ३३ परिबारलाई यसै महिनामा कार्यक्रमको आयोजना गरि सिरक तथा कम्बल बितरण गर्ने योजना रहेको माण्डवीको कार्यक्रम संयोजक अरविन्द कुमार चौधरीले बताएको छन ।

Comments
Loading...