हरिपूर्वा नपा २ को एकल महिला तथा महिला स्वयं सेबिकालाई सम्मान

मुकेश झा हरिपूर्वा २०७८ माघ १९ गते

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर २ को ६० जना एकल महिलालाई जाडो बाट बच्नको लागी कम्बल प्रदान गरि सम्मान गरेको छ । हरिपूर्वा नगरपालिका २ को आर्थिक सहयोग तथा सर्लाही सेवा समाजको आयोजनामा समापन भएको एकल तथा बिधवा महिलालाई सम्मान कार्यक्रमको अध्यक्षता वडाध्यक्ष पुरुषेतम रायले गर्नुभयो र त्यस्तै कार्यक्रमको प्रमुख आतिथीको रुपमा नगर प्रमुख सियाराम रायको उपस्थिती रहयो ।


त्यस्तै हरिपूर्वा नपाको वडा नम्बर २ मा कार्यरत ६ वटा महिला स्वयंसेबिका लाई प्रमुख आतिथी नगर प्रमुखको हाथबाट ग्यास चुल्हो तथा सिलिन्डर प्रदान गरिएको छ । कार्यक्रममा वडा सदस्यहरु जाहिर अंसारी,जयनारायण मडंल,समुन्द्रि देबि,चम्फा देवी तथा वडा सचिव बृजेस ठाकुर सहित स्थानियको सहभागीतामा कार्यक्रम सम्पन्न भयो ।

Comments
Loading...