भगवान गणेशको मुर्ती बिसर्जनको क्रममा दुई समुदाय बीच पुनः झडप, स्थिति समान्य बनाउन कर्फ्युको आदेश

लोकप्रिय समाचारदाता

असोज ४ मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा गणेश भगवानको मुर्ती सेलाउने क्रममा आज साझ फरक दुई समुदाय बिचको विवाद उग्र लिएपछि प्रहरिले केही राउन्ड आँसु ग्यास छोडेको छन ।


मलंगवा वडा नम्बर ३ स्थित गणेश चौकमा भगवान गणेशको मुर्तिको बिधिवत पुजापाठ सप्पन्न भइ बिहिवार मुर्ती सेलाउन लैजादै गरेको बेला मुस्लिम समुदायको केही व्यक्तिले मुर्तिमाथी तातो पानी र ढुंगा मुढा गरेको भन्दै हिन्दु समुदायको व्यक्तिले बिरोध गरेपछी मलंगवा अशान्त बनेको छ । प्रहरी र दुई समुदायको युवाहरू बिच भएको झडपमा केही व्यक्ति घाइते समेत भएको र उहाहरुको उपचार प्रादेशिक अस्पताल मलंगवामा भैरहेको प्रहरीले जनाएको छ ।


विवाद बढदै गएको कारण जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रेश बिज्ञपति जारी गरिदै अहिले राती १० बजे देखि अर्को आदेश नहुन्जेलसम्मको लागि कर्फ्युको आदेश जारी गरेको छ । पुरानो मलंगवा क्षेत्र (पुर्वमा झिम नदि पश्चिममा मुसैली नहर दक्षिणमा नेपाल भारत सिमा र उत्तरमा बाबा पेट्रोल पम्प क्षेत्र) भित्र पुर्ण रुपमा हिडडुल गर्ने निषेधित गरिएको छ ।

Comments
Loading...