भौतिक दूरी कायम गरी सर्लाहीमा बैंक वितीय संस्था सबै दिन खाेलिने निणर्य,पसल र बजार तिन दिन खाेलिने

मुकेश झा २०७७ जेठ २३ गते

सर्लाही । चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण बन्द रहेको सर्लाहीका बजार आजदेखी खोल्ने निर्णय गरिएको छ । कोरोना संक्रमणको वर्तमान अवस्थालाई मध्यनजर गर्दै नागरिकको जनजीवनलाई सामान्य बनाउनुपर्ने आवश्यकतालाई महसुस गर्दै अर्को निर्णय नभएसम्मका लागि भौतिक दूरी कायम गर्ने गरी बजार खुल्ला गर्ने निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

 

शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सर्लाहीको सदरमुकाम मलङ्ग्वा बजारको हकमा औषधि, पेट्रोलियम पदार्थ र दूधजन्य पदार्थ विक्री गर्ने पसललगायत बैंक तथा वित्तिय संस्था प्रत्येक दिन खुल्ला रहने निर्णय गरेको हो ।

खाद्य सामग्री वितरण गर्ने पसलहरु आईतवार, सोमबार र मंगलवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ । त्यस्तै, होटल र मदिराजन्य पदार्थहरु विक्रि वितरण गर्ने पसलहरु बाहेकका अन्य पसलहरु बुधवार, बिहिवार र शुक्रवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघ मलङ्ग्वाका अध्यक्ष बिरेन्द्र साहले बताए ।

तरकारी बजारको हकमा मलङ्ग्वा नपाको वडा नं. ४ मा रहेको शिवसागर चौक र मलङ्ग्वा नपाको वडा नं. २ मा रहेको झण्डा बजारलाई साँझ ४ बजेदेखि ७ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

जिल्लाको अन्य पालिकाहरुले पनि आ–आफ्नो अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्णय गरी बजार व्यवस्थापन गर्नका लागि जिल्ला समन्वय समितिको कार्यालयमार्फत निर्देशन दिइसकेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले बताए ।

80%
Awesome
  • Design
Comments
Loading...