हरिपूर्वा नगरपालिका लाई नमुना नगरपालिका बनाउन सबैको सहयोग जरुरी

रौशन झा २०७७-०२- २४ गते प्रकाशित बिचार

 

सर्लाहीको पुर्बी दक्षिणी क्षेत्रमा रहेको हरिपुर्वा नगरपालिकामा झन्डै ३९ हजार को हराहारी मा जनसंख्या भएको एउटा मध्यमबर्गिय परिवारको बसोबास बढिरहेको समान्य नगरपालिका हो । नेपालको नया संघीयता बाट २०७३ सालमा हरिपूर्वा, बसंतपूर, धनकौल र डुमरिया गाउँ बाट निर्माण भएको हरिपुर्वा नगरपालिका मा पहिलो स्थानीय तहको चुनाव बाट भारी बहुमतले नेपाली कांग्रेस बाट मेयर सियाराम राय तथा उपमेयर चन्द्रकला देबि चौधरी स्थापित हुनु भएको थियो भने ९ वटा वडा रहेको यस नगरपालिका मा अहिले ने क पा एमाले बाट वडा ३ मा र्धमराज सिहं १ जना, जनता समाजबादिको ४ जना मा वडा १ बाट श्याम बाबू राय, वडा ४ वाट नागेश्वर राय, वडा ६ वाट दिनेश राय, वडा ७ वाट रामनाथ राय हुनुहुन्छ । त्यस्तै नेपाली काङ्ग्रेस को ३ जनामा वडा २ वाट पूरुषोतम राय, वडा ५ वाट बिजय राय र वडा ९ वाट बिरेन्द्र राय प्रतिनिधित्व गरिराख्नु भएको छन् । तथा स्वतन्त्र वाट १ जना मा वडा ९ बाट सुरेन्द्र महतो सहित वडाध्यक्ष हरु वडामा स्थापित रहेकोछन ।

              भौगोलिक दृष्टि कोणले उतम रहेको हरिपुर्वा नगरपालिका को पुर्व र पश्चिम मा अहिले दुइटा जलयुक्त खोला बगिरहेको छन । भने हरिपुर्वा नपाको उतरी क्षेत्रमा बाके खोला नजिक करोडौं को लागानि बाट निर्माणित डैम रहेको छ ।
१६ वटा सामुदायिक विद्यालय १ वटा उच्च मा बि र १ दर्जन भन्दा बढी निजि विद्यालय रहेको यस हरिपुर्वा नपामा झन्डै ५ हजार भन्दा बढी विद्यार्थी अध्यनरत रहेको छ ।
आर्थिक दृस्ठिकोण ले हेर्दा हरिपुर्वा नपा मा एन आइ सि एसिया बैंक , जय गंगा बचत तथा ऋण सहकारी संस्था लगाएत आधा दर्जन सहकारी संस्था र आधा दर्जन को करिबमा लघुवित संस्था हरु संचालित रहेको छ । र यी संस्था हरु बाट झन्डै ३ हजार भन्दा बढी परिवार लभान्वित रहेको छन भने सबै संस्था बाट ५० करोड भन्दा बढी ऋण लगानी भएको छन ।
यहाको जनता अधिकांश कृषि क्षेत्रमा निर्भर रहेको र धानखेती को प्रमुख क्षेत्र पनि रहेको छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण धान जोन परियोजना समेत यस क्षेत्रमा धान खेतिको लागि सिचाइ ,औजार , बिउबिजनमा करोडौं रकम जनता लाई अनुदान स्वरुप बिगत ४ वर्ष देखि सहयोग गरिदै आइ रहेको छन ।


स्वास्थ्य क्षेत्रलाई हेर्दा नगरपालिकाको ३ नम्बर वडा मा दुइतले सुबिधा सप्पन्न भवनमा यश क्षेत्रमै पहिलो बर्थिङ सेन्टर संचालन मा रहेको छ भने २ वटा स्वास्थ्य चौकी एक वटा आयुर्वेद औषधालय र एक वटा पशु औषधालय समेत रहेको  छन ।
धार्मिक क्षेत्रमा प्रवल हरिपुर्वा नगरपालिका मा कालि मन्दीर,महरानी स्थान, रामजानकी मन्दिर,राम कुटि, परमहंश मन्दिर,सहित एक दर्जन भन्दा बढी मठ मन्दिर रहेको छन भने अधा दर्जन को करिब मा मदरसा र मस्चिद रहेको यस हरिपुर्वा नपामा हिन्दु को जनघन्त्व बढिरहेपनी समाजिक सद्भाव कायम रहेको छन ।
नेपाल सरकार को जागीर मा यस हरिपुर्वा नगरपालिका को करिब ५ सय जना देशको विभिन्न क्षेत्रमा कार्यरत रहेको र प्रत्येक लोकसेवाको परिक्षा मा आफ्नो स्थान बनाउन सफल रहेको छन । नेपालमै ठूलो गाउँको नाउमा परिचीत हरिपुर्वा नगरपालिकाको बसंतपुर घर रहेका माननीय महेन्द्र यादव लगातर २० बर्ष देखि यश निर्वाचन क्षेत्रबाट जनताको मन जितेर प्रतिनिधित्व गरिराख्नु भएको छ ।
यस क्षेत्रमै सबैभन्दा ठुलो व्यपारिक केन्द्र मानिने हरिपुर्वा मा दूध डेरी , सिमेन्ट पसल, प्रेस छापाखाना , किराना हलसेल, कृषि पसल,कपडा पसल, सुनचाँदी पसल, औषधि पसल लगाएत करिब ठुल्ला सना मिलाएर ५ सय पसल, तथा हप्ताको सातै दिन लाग्ने ५ वटा प्रमुख बजार हरुरहेको छन ।
आर्थिक वर्ष २०७३ देखि हाल सम्म यस नगरपालिका लाई लागि बिकास निर्माण को लागि १ अर्व भन्दा माथी बजेट पाइसकेका र करिब ३० करोड बजेट बिकास निर्माण मा खर्चिन नसकेर थन्क्याएर राखिएको छ ।
तराई मा पर्ने हरिपुर्वा नगरपालिका हाम्रो पुर्वजको धरोहर हुन र यस्ता सुबिधा सप्पन्न नगरपालिका लाई नमूना बनाउन ईमानदार नेताको आवश्यक मात्र रहेको छन । सबै पक्षले सहयोग गरेमा यस नगरपालिका लाई देशकै नमूना नगरपालिका को रुपमा स्थापित गर्न सक्छौ ।
राम्रो लागेमा शेयर अवश्य गरिदिनु होला ।

80%
Awesome
  • Design
Comments
Loading...