महिला जनप्रतिनिधिहरुलाई तीन दिने मध्यवर्ती तालिम

मुकेश झा

साउन २० हरिपूर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई तीन दिने मध्यवर्ती तालिम सम्पन्न भएको छ । हरिपूर्वा को रबिन्द्र होटेलमा साउन १७ गते देखी १९ गते सम्म चलेको तालिमको अध्यक्षता माण्डवी संस्थाको सर्लाही संयोजक मणिल श्रेष्ठले गर्नुभयो । स्विस सरकार तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग र माण्डवीको आयोजना तथा आइ एफ इ एस सि को सहकार्यमा सर्लाही जिल्लाका ५ वटा नगरपालिकाहरुमा शी लिडस परियोजना सँचालित रहेको छ ।सो परियोजना अन्तर्गत विगतका दिनहरुमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सके पछि मध्यवर्ती तालिम शुरु भएको हो ।


महिलाहरूलाई लैङ्गिक समानता प्रवद्र्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला र किशोरीहरूका लागि , प्रेरणा स्रोतका रूपमा कार्य गर्न प्रोत्साहित गर्न, स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको माण्डवीका जिल्ला संयोजक मणिल श्रेष्ठले जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रशिक्षकको रुपमा रामा कुमारी पौडेल तथा प्रभु चौधरीले परियोजनाको लक्ष्य तथा तालिमका उदेश्यका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।


यो तिन दिने तालिममा हरिपुर्वा नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्यहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने समभावित परिणामहरुको बारेमा छलफल , वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकल्न आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्व फाईदाहरु बारे छलफल र महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक,साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ सो बारेमा छलफल गरीएको प्रशिक्षकको रुपमा रहनुभएको रामा कुमारी पौडेलले जानकारी गराउनु भयो ।

मध्यवर्ती तालिममा हरिपूर्वा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका कार्यक्रम सँयोजक मणिल श्रेष्ठ,, माण्डवी कै सामाजिक परिचालक गुजां साह,, प्रशिक्षकद्धय रामा कुमारी पौडेल तथा प्रभु चौधरीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा प्रमुख आतिथी हरिपुर्वा नगरपालिकाको प्रशासकिय अधिकृत कुमार परियारले सहभागी महिला जनप्रतिनिधीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

Comments
Loading...