हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिकामा बाल पुस्तकालय

रबिन्द्र ठाकुर

साउन २० पर्सा । सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिकालाई बालमैत्री पालिका निर्माण गर्न अहिले वर्ल्ड भिजनको साझेदारीमा बागमती सेवा समाज पुर्णरुपमा जुटेको छ । सर्लाहीको इ दुइ पालिका दक्षिणी तथा पुर्वी क्षेत्रमा रहेको कारण शिक्षा स्वास्थ्यमा राम्रै स्थान बनाउन असफल रहेको बेला वर्ल्ड भिजनको सहकार्यमा वागमती सेवा समाज, आर आर पिके, माण्डवी लगाएतको संस्थाहरु अहिले हातमा हात मिलाई सहयोग गरिरहेको छ ।


यसै अन्र्तगत वर्ल्ड भिजनको साझेदारीमा बागमती सेवा समाजले हरिपूर्वा नगरपालिकाको वडा नम्बर ४, पर्सा गाउपालिकाको वडा नम्बर–४ जिगंडवा कविलासी तथा पर्सा– ६ मा बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत स्थापित बालमैत्री अध्ययनकेन्द्रहरुमा ३ लाख मूल्य बराबरको ज्ञानमुलक, कविता,कथा,उपन्यास, तथा बालबालिका सम्बन्धी ३ सय भन्दा बढि पुस्तकहरु सम्बन्धित पालिकाको वालक्लवको प्रतिनिधीहरुलाई बागमती सेवा समाज नेपालको कार्यक्रम संयोजक प्रमेश श्रेष्ठले हस्तनान्तरण गर्नुंभएको छ ।

हरिपूर्वा नगरपालिका तथा पर्सा गाउपालिका भित्र यस्तो खुल्ला रुपमा पुस्तकालयमा बसेर अध्यन्न गर्न पाउने पहिलो पुस्तकालय स्थाप्ना भएपछि बालबालिका हर्षित भएको छ । अहिलेको बालबालिका तथा युवा युवतीहरु आधुनिक परिर्वतित युगमा समाजिक संजाल जस्ता भयानक दलदलमा फस्दै गइरहेको वेला यो बालमैत्री अध्ययनकेन्द्रलेै मोवाइल एवं समाजिक संजांल, टिकटक, युटुव जस्ता भयानक रोगबाट बचाउन धेरै नै मद्दत गर्ने हरिपूर्वा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष नोखेलाल रायले बताउनुभयो ।

बागमती सेवा समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारिमा हरिपूर्वा नगरपालिका वडा नम्बर ४ मा बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत विभिन्न बालक्लवको बालबालिकाहरुको लागी निःशुल्क कम्प्युटर तालिमको व्यवस्थापन केहिदिन पहिला नै शुरुवात भैसकेको छ ।
हरिपूर्वा नगरपालिकाको ९ वटा वडा तथा पर्सा गाउपालिकाको ६ वटै वडालाई बालमैत्री वडा बनाउन पालिकाको सम्न्वयमा सहयोग गर्ने अगामी योजना रहेको कार्यक्रम संयोजक प्रमेश श्रेष्ठले बताए ।

Comments
Loading...