राजेन्द्र महतोलाई मतदान गर्न विष्णु गापा अध्यक्ष जवाहरलाल यादवको अपिल

लोकप्रिय समाचारदाता

सर्लाही,३० कात्तिक । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालको साँझा उम्मेदवार सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतोलाई मतदान गर्न विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले अपिल गर्नु भएको छ ।
विष्णु गाउँपालिकामा मंगलवार आयोजित चुनावी सभालाई नेपाली कांग्रेस र लोसपाका साँझा उम्मेदवार महतोलाई मतदान गर्न नेपाली कांग्रेसका नेता कार्यकर्ता आफ्ना समर्थक र जनतासंग उहाँले आग्रह गर्नुभएको छ ।
कम्युनिष्टका कारण यहाँ केही परिवर्तन नहुने तर्क गर्दै गापा अध्यक्ष लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न आग्रह गर्नुभएको हो । गठबन्धन भित्र रहेका नेकपा माओवादी अध्यक्ष प्रचण्ड चुनावपछि कुन कदम चाल्ने हो त्यसको ठेगान नभएका कारण नेपाली कांग्रेस र लोसपाका उम्मेदवारलाई मतदान गर्न उहाँले बताउनुभयो ।
अधिकार पहिचानको लागि आफ्ना योगदान दिएका र पहिचान बादी नेताको रुपमा परिचित लोसपाका वरिष्ठ नेता महतोलाई साईकल छापमा मतदान गर्न गापा अध्यक्ष यादवले सबैसंग अनुरोध गुर्नभएका छन् ।
राजेन्द्र महतोको पक्षमा मतदान गर्न कुनै किन्तु परन्तुको अवस्था नरहेको भन्दै मंसिर ४ गतेका दिन हुने मतदानमा खुलेर भोट दिन उहाँले सबै कार्यकर्तासंग आग्रह गर्नुभयो ।
‘प्रष्ट रुपमा महतो जीको साथमा छौ’, उहाँले भन्नुभयो ‘राजेन्द्र महतोजीको राजनितिक जीवन, संघर्ष, राजनितिक यात्रा लोकतन्त्रको पक्षमा रहेको छ ।’
कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार मेथुर चौधरी, पार्टी नेता अरुण कुमार सिंह, कौडेना गाउँपालिकाका निर्वतमान गापा अध्यक्ष रामप्रसाद राय तथा नेपाली कांग्रेस र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Comments
Loading...