लालबन्दीका वडासदस्य महिलाहरुलाई क्षमता अभिवृद्धि तालिम दिन सुरु

रबिन्द्र ठाकुर

लालबन्दी, चैत्र ४ गते । लालबन्दीमा निर्वाचित महिला तथा दलित महिला वडासदस्य र महिला कार्यपालिका सदस्यहरुको लागि ५ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम शुरु भएको छ ।
लालबन्दी नगरपालिकाको लैंगिक विकास तथा समाज कल्याण शाखाको आयोजनामा नगरका सबै(१७ ओटै) वडाका दलित महिला तथा महिला सदस्य र कार्यपालिका सदस्यहरुका लागि आज देखि तालिम दिन शुरु गरिएको हो ।
नगरपालिकाको साविकको कार्यालय रहेको भवनको सभाहल हाल वडा नम्बर ६ को कार्यालयको सभाहलमा उपमेयर कल्पना माया पाख्रिनको अध्यक्षता तथा मेयर बासुदेव अधिकारीको विशेष उपस्थितिमा तालिम शुरु भएको तालिमको उदेश्य सहभागिहरुलाई वडा तथा नगर स्तरमा हुने विभिन्न वैठक, छलफल, सभा, सेमिनार, भेला तथा मञ्चमा निर्धक उभिएर बोल्न सक्षम बनाउने रहेको आयोजक एवम् लैंगिक विकास तथा समाज कल्याण शाखाकी प्रमुख डाक कुमारी फुयाँलले जानकारी बताउनुभयो ।


उहाँका अनुसार उक्त शाखाले हरेक वर्ष महिलाहरुको क्षमता अभिवृद्धिका लागि केही न केही कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यस पटक निर्वाचित वडा तथा कार्यपालिका सदस्यहरुलाई नै लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो । ‘जनताका प्रतिनिधि भएर पनि उहाँहरु बोल्नमा हिचकिचाउनु हुन्छ । आफ्नो काम, कर्तव्य र अधिकारबारे समेत उहाँहरुलाई धेरै कुराहरु थाहा छैन ।’, शाखाकी प्रमुख फुयाँलले भन्नुभयो,‘तालिम पश्चात उहाँहरुमा धेरै कुरामा सुधार आउनु हुनेछ ।’
आफूहरु जनताको प्रतिनिधि भएको र वडास्तरमा हुने कार्यक्रमहरुमा सही ढंगले आफ्ना कुराहरु राख्न सक्षम बन्ने उदेश्यले तालिममा सहभागि भएको तालिमका सहभागि वडासदस्यहरुले बताएका छन् । उहाँहरुले विशेषगरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न र निर्धक्क भएर मञ्चमा उभिएर बोल्न सक्षम हुने अपेक्षा राखेको बताउनुभयो ।
चैत्र ८ गते सम्म चल्ने तालिममा पत्रकार सोम दियाली र मनोज बख्रेलले उद्घोषण तथा भाषणकलाका विषयमा प्रशिक्षण दिनुहुनेछ भने अधिवक्ता लोकहरी बरालले कानूनी विषयमा प्रशिक्षण दिनुहुने तालिम उद्घाटन सत्रको सञ्चालन गर्नुभएकी लैंगिक विकास तथा समाज कल्याण शाखाकी दुर्गा आचार्य खरेलले बताउनुभयो ।

Comments
Loading...