लकडाउनमा पनि रोकिएन जनताको सेवा,रेमिटयान्स को माध्यमले जनतामा राहत

राजकिसोर साह(शिक्षक) २०७७ जेठ २९ गते आर्थिक समाचार

सर्लाहीको हरिपूर्वा नगरपालिका २ स्थित रहेको श्री जयगंगा बचत तथा ऋण सहकारी संस्थाले चैत्र ११ गते देखि शुरुभएको बन्दाबन्दी बिचमा कोरोना भाइरस तिब्ररुपमा फैलिरहेको बेलामा पनि यस क्षेत्रमा बसोबास गर्ने हजारौ घर परिबारको आफ्न्तले बिदेश बाट पठाएको रेमिटयानस उपल्बध गराएर जनमानसमा राहत पुर्याइरहेको छन ।

२०६७ जेठ २८ गते स्थाप्ना भएको यस संस्थामा २ हजार भन्दा बढि सदस्यहरु अहिले प्रत्यक्षरुपमा सेवा लिइरहेको छन । विगत १० बर्षमा यस संस्थाले जनताको मन जित्न सफल भएको कारण दिनहु सैकडौ ग्राहकको भिड लाग्ने गरेको र एक दिनमा कम्तीमा १ सय जना भन्दा बढि सदस्यहरुको काम पुरा गरिरहेको संस्थाको उपाध्यक्ष बिजय प्रसाद साहले बताउनुभएको छन् ।
२०७० साल देखि यस क्षेत्रमै पहिलो रेमिटयान्स स्थापना गरेर यस संस्थाले बार्षिक १ र्अब भन्दा बढि रेमिटयान्स भित्रियाएर जनसमुदायलाई समय र रिस्क दूवै बचत गराइरहेको बेला कारोना भाइरसको कारण देश विदेश सबैमा लकडाउनले प्रभावित गरेको बेला कर्मचारीले जानको रिस्क थापेर पनि दिनहु सामाजिक दुरी कायम गराइ ३ महिनाको लामो बन्दा बन्दीमा ५ हजार भन्दा बढि सेबाग्राहीको काम गर्न सफल भएको संस्थाको मुख्य प्रबंधक मुकेश झा ले बताएको छन् ।
१ करोड ५० लाख भन्दा बढि ऋण लगानी गरेको यस संस्थामा अहिले ३ करोड ११ लाख सदस्यहरुको बचत जम्मा छन । संस्थाले आइ एम इ,प्रभु,सिटी एक्सप्रेश,हिमाल,समसारा,सेवा,पृथ्वी वेस्र्टन युनियन,बेस्ट रेमिट सहित नेपालमा रहेको अधिकाशं रेमिटाशं कमपनी संग सम्झौता गरि लकडाउनको बेलामा पनि जनतामा राहत र्पुयाइरहेको हरिपूर्वा नगरपालिका को नगर प्रमुख सियाराम रायले बताउनुभयो ।

Comments
Loading...