पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा २९ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि ८२ जना डिस्चार्ज

लोकप्रिय समाचार जेठ -२९ -२०७७

सर्लाही । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा २९ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार महोत्तरी जिल्लामा ४ जना, बारा जिल्लामा ७ जना र रौतहट जिल्लामा १८ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सरकारले नियमित रुपमा सञ्चालन गर्दै आएको मिडिया ब्रिफिङमा स्वास्थ्य निर्देशनालय प्रदेश नम्वर २ को बरिष्ठ जनस्वास्थ्य विजय कुमार झा बताउनु भएको हो ।
महोत्तरी जिल्लाको गौसला नगरपालिका वडा नम्वर २ का २१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी महोत्तरी जिल्लाकै मनरवा सिसवा नगरपालिका वडा नम्वर ८ का ५० बर्षिय पुरुष र सोही नगरपालिकाको वडा नम्वर १० का २२ र ३० बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बारा जिल्लाको सिमरौनगढ नगरपालिकाका १७ बर्षिय किशोर सहित १९ देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ७ जना किशोरहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ४५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै गढीमाई नगरपालिका ११ बर्षिय वालक सहित २० र २५ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा यस प्रदेश नम्वर २ मा ४ महिला र ६१ पुरुषगरी ६५ जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरु रौतहड जिल्लाको गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा सञ्चालित आइसोलेसन कक्षबाट हिजो मिति २०७७ साल जेठ २७ गते डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा रौतहट जिल्लाको इशनाथ नगरपालिकाका ३ महिला र ३७ जना पुरुषहरु रहेका छन् । त्यसैगरी रौतहट जिल्लाकै बौधिमाई नगरपालिकाका ३ जना, मौलापुर नगरपालिकाका ४ जना, कठहरिया नगरपालिकाका ३ जना, देवाही गोनाही नगरपालिकाका १० जना पुरुषहरु डिस्चार्ज भएका छन् । त्यसैगरी रौतहट जिल्लाकै राजदेवी नगरपालिकाबाट १ महिला र २ पुरुष समेत डिस्चार्ज भएका छन् ।
भर्खरै प्राप्त भएको विवरण अनुसार रौतहट जिल्ला गौर नगरपालिका स्थित गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा उपचार गराई रहेका ४ जना महिला र १३ जना पुरुष गरि कुल १७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यसरी पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका ८२ जना सहित यस प्रदेशका ३ सय ८१ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
त्यसैगरी पि।सि।आर।परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराज स्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ९४ जना पुरुषगरी कुल १ सय १ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला सिराहा अस्पताल अन्तर्गत रहेको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा १६ जना पुरुष र २ जना महिला गरि कुल १८ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्लाकै सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २६ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि।पि। मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा १ जना महिला र ६८ जना पुरुषहरु गरी कुल ६९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
महोत्तरी जिल्लाको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा ३ जना महिला र ८२ जना पुरुषगरी कुल ८५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ३३ जना पुरुष र ९ जना महिलागरी कुल १ सय ४२ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ८ जना पुरुषहरु गरी कुल ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
रौतहट जिल्ला स्थित चपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुषगरी कुल ९७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा १० जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला ३० जना पुरुषगरी कुल ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३३ जना पुरुष र ६ जना महिलागरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
त्यसैगरी सिराहा जिल्ला सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पताल सिराहामा १३ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालमा ४ जना गरी कुल १७ जना कोरोना आसंकीत बिरामीहरुको उपचार भइरहेको छ ।

Comments
Loading...