वडाध्यक्ष नै जातिय बिभेद फैलाईरहेको भन्दै नगर प्रमुखलाई ज्ञापन पत्र

लोकप्रिय समाचारदाता भाद्र ३० २०७७

हरिपूर्वा नगरपालिका वडा ३ धनकौलमा बिगत केही महिना देखि दूईपक्षिय बिवादको कारण आर्थिक बर्ष २०७६–०७७ मा वडाको बजेट वडाध्यक्षले नचलाएको र केहि बजेट चलाएपनि आफ्नो नाता गोता तथा परिबारीक व्यक्ति लाई उपभोक्ता समिती बनाएर रकम हिनामिना गरेको भन्दै आज हरिपूर्वा नगरपालिका ३ धनकौल को स्थानियबासिहरु नेपाल कम्युनिष्ट पार्टीको पूर्व क्षेत्रिय अध्यक्ष योग्य बहादूर शिलबालको नेतृत्वमा हरिपूर्वा नगरपालिकाको नगर प्रमुख सियाराम रायलाई ज्ञापन पत्र बुझाएको छन ।

भाद्र २९ गते नेपाल कम्युनिष्ट पाटीले बुझाएको ज्ञापन पत्रमा नगरपालिका को निमित प्रशासकिय प्रमुख सकलदेब राय तथा वडा नम्बर ३ को वडा सचिब दिपेन्द्र कुमार यादव माथि लगाइएको आरोप निराधार तथा कपोल्कल्पित रहेको र सो आरोपलाई घोर भर्तस्ना गर्दै निजहरु को माग खारिज हुनुपर्ने माग स्थानिय बासीको रहेको योग्य बहादूर शिलबालले बताएको छन ।

हरिपूर्वा नगरपालिका ३ स्थित रहेको बर्थिगं सेनटरको एम्बुलेन्सबाट आएको आम्दनी वडाध्यक्षले मनोमानी हिसाबले ड्राइभर राखि भ्रष्टाचार गरेको रकम सार्बजनिक हुनुपर्ने, र नया एम्बुलेन्स चालकको लागी बिज्ञापन गराउनुपर्ने,आर्थिक बर्ष २०७७–०७८ को बजेट हरिपूर्वा नगरपालिका बाट नै सचांलन गराउनुपर्ने ,हरिपूर्वा नपा ३ को वडाध्यक्ष धर्मराज सिहंको मानसिक संतुलन बिग्रेको हुनाले निजलाई निलम्बीत गराई मानसिक अस्पतालमा उपचारको लागी पठाउनुपर्ने सहितको माग हरु राखि धनकौलको स्थानिय बासिहरुको समुह नगरपालिकामा आएर ज्ञापन पत्रको साथ साथै नगर प्रमुखलाई ध्यानार्कष्ण गराएको छन ।

Comments
Loading...