जयगंगा बचत तथा ऋण सहकारी संस्थाको शाखा कार्यालय बिस्तार

रबिन्द्र ठाकूर २०७७ आश्विन ३ गते

सर्लाहीको हरिपूर्वा नगरपालिका २ स्थित रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्था लि ले हरिपूर्वा नगरभरिको जनतालाई ध्यानमा राखदै थप शाखाको बिस्तार गरेको छन । संस्थाले हरिपूर्वा नगरपालिका ९ मा थप शाखा स्थापना गरेर बसंतपूर बासीलाई आर्थिक कारोबारमा सेबा पू¥याउने भएको छ । विश्वकर्म पुजाको अबसर पारेर आश्विन १ गते संस्थाले नया शाखाको उद्धाटन गरेको छ ।
संस्थाको अध्यक्ष गणेश कुमार यादबको अधयक्षतामा सम्पन्न उद्धाटन कार्यक्रममा प्रमुख आतिथीको रुपमा नगर प्रमुख सियाराम राय रहनुभयो, त्यस्तै बिशिष्ट आतिथीको रुपमा वडा नमबर ९ को वडाध्यक्ष सुरेन्द्र महतो,वडा ८ को विरेन्द्र राय,वडा ७ को रामनाथ रहनुभएको थियो । आतिथीहरुमा तत्कालीन राजपाको प्रत्यासी मेयर बिरेन्द्र यादव,समाजसेबि लक्षमेश्वर पजियार,स्थानिय राजनैतिक कर्मीहरु महेश यादव,रामएकबाल राय,उमेश राय,शुसिल राय,मसूंर साह,दिल मोह्ममद साह सहितको सहभागिता रहेको थियो


२०६७–०२–२८ गते स्थापना भएको यस संस्थामा अहिले ५ हजार १ सय सदस्यहरु सेबा लिइरहेको छन । हाल संस्थाको आर्थिक बर्ष २०७६–०७७ को बाषर््िाक प्रतिबेदन अनुसार १ करोड ४६ लाख २१ हजार ४ सय १८ रु ऋणमा लगानी रहेको छन भने संस्थामा सदस्यहरुको निक्षेप ३ करोड २७ लाख ८५ हजार ३ सय ११ रुपैया रहेको छन ।
हरिपूर्वा नगरपालिका मै पहिलो पटक रेमिटेन्स ल्याएर जनमानसमा प्रसिद्ध भएको जयगंगा बचत तथा ऋण सहकारी संस्था अहिले प्रति महिना बिभिन्न रेमिटेन्सहरु आइ एम इ, प्रभु मनि ट्रान्सफर,सिटी रिलेबल, बेस्ट, समसारा, सहित २ दर्जन भनदा बढि बाट करिब १० करोड भन्दा बढि भुक्तानी गरेर सदस्यहरुलाई आर्थिक कारोबारमा सेबा पु¥याइरहेको संस्थाको लेखा समिती संयोजक राजकिशोर साह ले बताउनुभएको छन ।
शाखा कार्यालय उद्धाटन कै दिन १ सय ७ खाता खुलेको कर्मचारी रामनाथ रायले बताउनुभयो ।

Comments
Loading...