संबिधान दिवसको अवसरमा नगर सरसफाइ

लोकप्रिय समाचारदाता

असोज ३ बरहथवा । बरहथवा नगरपालिकाले नगर सरसफाइ गरेर आज संविधान दिवस मनाएको छ। बुधबार बिहान विभिन्न राजनीति दलका प्रतिनिधी ,नेपाल प्रहरी , सशस्त्र प्रहरी, स्थानीय ब्यापारी ,विभिन्न संघसंस्था र नागरिकहरुले संयुक्तरूपमा नगरको सरसफाइ गरेका हुन।

नगर सरसफाइमा नगर प्रमुख कल्पना कटुवाल ,उप प्रमुख रामबाबु साह, प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा,प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने लगायत वडाध्यक्षहरुको सहभागीता रहेको थियो। बुधबार साझ दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको नगरका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिनुभयो ।

Comments
Loading...