सर्लाहीको बरहथवा नपा १० मा छात्राहरुलाई साइकल वितरण, पहिलो पटक कक्षा ११ संचालनमा

रबिन्द्र ठाकूर

सर्लाहीको बरहथवा नगरपालिका १० किसनपूर कटानी स्थित रहेको श्री दुर्गा सरस्वती जनता मा वि को ४९ जना छात्रा लाई एक कार्यक्रमको बिच बुधबार साइकल बितरण गरिएको छ ।
मुख्यमंत्री तथा मन्त्री परिषद को कार्यालय, प्रदेश नं २ को बेटी पढाऊ बेटी बचाऊ अभियान कार्यक्रम अन्तर्गत श्री दुर्गा सरस्वती जनता मावि किसनपुर कटानी, बरहथवा १०, सर्लाही को २०७७ सालमा कक्षा ८ मा अध्ययनरत सबै छात्रा लाई साइकल बितरन गरिएको विद्यालयको प्रअ फेकु कुमार यादवले बताउनु भएको छ ।

बि सं.२०४५ मा स्थाप्ना भएको विद्यालयमा २०७८ को नया सत्र शुरुवात भएलगतै पहिलो पटक कक्षा ११ को तिन वटा संकाय शिक्षा,बानिज्य तथा मानविकी सहित संचालनमा ल्याइएको प्रअ यादबले जानकारी गराउनुभएको छ । २०७६ मा पहिलो पटक SEE मा ५८ वटा बिद्यार्थी सहभागिता भएको थियो भने २०७७ को SEE मा ८९ जना छात्र छात्राले सहभागी भइ १७ जना बिद्यार्थीले A+ ल्याएको छन ।


बिद्यालय ब्यवस्थापन समिती को सकरातमक सोच र कुशल प्र अ को नेतृत्वमा संचालित बरहथवा नगर क्षेत्र भित्र कै अनुशासित तथा गुनस्तरीय शिक्षाको पहिचान को रुपमा चिर परिचित रहेको बिद्यालयमा आगामी कार्यक्रम को रुपमा बहू प्राबिधिक शिक्षा संचालन गर्ने हाम्रो योजना रहेको छ प्रअ यादबले बताउनु भयो । प्र अ यादबको अनुसार विद्यालयमा छात्र आवास , बिज्ञान प्रयोगशाला, तथा कम्प्यूटर प्रयोगशाला को अति उत्तम ब्यबस्था रहेको छ। तहगत दरबन्दीको कमी रहे पनि तल्लो दरबन्दीको योग्य र सक्षम शिक्षकहरूको मिहिनेत र प्र अ को प्रशासनिक दक्षताले गर्दा सफलता हासिल भई रहेको छ ।

बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष राम नारायण यादबको अनुसार प्रअ फेकु कुमार यादव विद्यालयमा पद सम्भाल्नु भए देखि अहिले सम्म शैक्षिक क्षेत्रमा राम्रो प्रगती गरिएको छ । पहिलेा पटक कक्षा ११ मा भर्नाको शुरुवात मै विद्यार्थीहरुले उल्लेख्निय रुपा.मा नामाकंन गराइरहेको छन ।


चन्दा दाता श्री ठगा चौधारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथीको रुपमा सर्लाही क्षे न ३ ख को माननीय सञ्जय यादव ज्यू रहनुभएको थियो । कार्यक्रममा नगर उप प्रमुख श्री सीता देवी माझी, वडाध्यक्ष श्री राम बिश्वास राय लगायत अभिभावकहरु,बिद्यालय  व्यवस्थापन समिती अध्यक्ष श्री राम नारायण यादव, प्र अ फेकु कुमार यादव तथा शिक्षक ज्यूहरू सक्रिय सहभागिता रहेको थियो

Comments
Loading...