हरिपूर्वा नगरपालिकामा पहिलो पटक आधुनिक दक्ष जनशक्ति सहित कम्प्युटर इन्सच्युटको उद्वघाटन

मुकेश झा असोज ०१ २०७८

सदरमुकाम पुर्व रहेको हरिपूर्वा नगरपालिकामा पहिलो पटक विद्यार्थीको हकहित तथा शिक्षामा थप उर्जा प्रदान गरिनको लागी आज एक कार्यक्रम बिच हरिपूर्वा नगरपालिकाको नगर प्रमुख सियाराम रायले IT-ZONE INSTIUTE OF TECHNOLOGY को उद्वघाटन गर्नुभएको  छ ।

हरिपूर्वा नगरपालिका भए यता बिभिन्न बैंक,वित्तिय संस्था तथा अर्ध सरकारी सस्ंथाहरु को स्थाप्ना भएपछि आइ टि को आवश्यक्ता रहेपनि यस नगरपालिका भित्र दक्ष जनशक्ति नभएको कारण बिभिन्न संघ सस्ंथाहरुमा कर्मचारी अभाव रहेको बेला हरिपूर्वा नगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर वृजेश ठाकुर तथा आइटि अफिसर हरिओम साहको बिशेष सहयोगमा बैसिक कोर्ष, एडभाशं कोर्ष, लोकसेवा को त्यारी कक्षा सहित संचालनमा ल्याइने चन्द्रभुषण प्रसाद यादबले बताउनुभयो ।
आश्विन ३ गते देखि कक्षा संचालनमा आउने छ । हरिपूर्वा मै पहिले पटक IT-ZONE INSTIUTE OF TECHNOLOGY स्थाप्ना भएकोले धमाधम विद्यार्थीहरुको भर्ना भइरहेको र केहि सिट मात्र बाकी रहेको ले इच्क्षुक भाइ बहिनीहरु लाई समय मै सम्र्पर्क गर्न कम्प्युटर अपरेटर तथा संचालक वृजेश ठाकुरले लोकप्रिय अवाजलाई जानकारी गराउनु भयो ।
हरिपूर्वा नगरपालिका –०५ पुरानो बजार NIC BANK  कार्यालय जाने बाटोमा रहेको बर्षा इन्टरप्राइजेजको माथिल्लो तल्लामा कार्यालय रहेको छन ।

कार्यक्रमको अध्यक्षता संचालक वृजेश ठाकुरले गर्नुभएको थियो । कार्यक्रममा वडा ६ को अध्यक्ष दिनेश यादव,समाजसेवी दुःखा राय, राजानरायण राय,सहित विभिन्न क्षेत्रमा कार्यरत पदाधिकारी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Comments
Loading...