सर्लाहीमा कोरोना संक्रमित ५४१ पुग्यो,आज मात्रै ७ जना थपियो

लोकप्रिय संवाददाता ६ असार २०७७, शनिबार

सर्लाहीमा आज शनिबार थप ७ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

कौडेना गाउँपालिकाका ५ तथा चक्रघट्टा गाउँपालिकाका २ जना गरी ७ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै सर्लाहीमा कोरोना भाईरसबाट संक्रमित हुने ५४१ जना पुगेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।

प्रजिअ जिसीका अनुसार सर्लाही, जनकपुर, वीरगंज र काठमाडौंको आईसोलेसनमा उपचाररत १८३ जना संक्रमित भने निको भएर घर फर्किसकेका छन् । अझैपनि भारतबाट फर्किएका ४०० जना जिल्ला स्थित विभिन्न पालिकको क्वारेन्टिनमै रहेका   छन् । पछिल्ला केही दिनयता भारतबाट आउने क्रम घट्दै गएका छन् ।

Comments
Loading...