सर्लाहीमा दिनानुदिन कारोनाको संक्रमण बढदै, भारत बाट मजदूर आउने क्रम जारी, संक्रमितको संख्या ६१५ पुग्यो

मुकेश झा १०- अषाढ- २०७७

सर्लाहीको २० स्थानिय तह मध्ये लालबन्दी नगरपालिका बाहेक प्रत्येक स्थानिय तहमा २० वटा भन्दा बढि कोरोना संक्रमित भएपनि स्थानिय सरकार र स्थानिय प्रशासनको चासो नभएको कारण प्रत्येक दिन कारोना संक्रमितको संख्या बढदै गइरहेको छन । आज मात्रै २१ जना कारोना संक्रमण सर्लाहीमा थपिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा थ्रोट स्वाब परीक्षण गर्दा विष्णु गाउँपालिकाका १८ जना, कौडेना गाउँपालिकाका २ जना र कौडेना गाउँपालिकाका १ जना गरी २१ जनामा संक्रमण पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । आजका समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६१५ पुगेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

प्रजिअ जिसीका अनुसार आजसम्म जिल्लाका विभिन्न आइसोलेसनबाट नेपाल सरकारको आइसोलेसन मापदण्ड अनुसार ३९७ जना संक्रमितलाई घर पठाइएको छ । डिस्चार्ज भएकामध्ये केही संक्रमणमुक्त भएका व्यक्ति छन् भने केहीलाई सरकारको मापदण्डलाई टेकेर दोस्रो पटक थ्रोट स्वाब परीक्षण नै नगराई आइसोलेसनमा निश्चित समय बसेपछि घर पठाइएको हो ।

दिनहुँ सङ्क्रमित बढ्दै गइरहेका र सरकारले अत्यन्त जोखिमको सूचीमा राखेको सर्लाहीसहित केही जिल्लामा सङ्क्रमणबाट जोगिन आवश्यक सतर्कता भने अपनाइएको छैन् । सर्लाहीमा लामो दुरीका सार्वजनिक यातायातका साधन र मानिसको धेरै भीडभाड हुने जिल्ला प्रशासन एवं ईलाका प्रशासन, नापी र मालपोत कार्यालय बाहेक अन्य सबै कार्यालय एवं निकायहरु खुलिसकेका छन् ।

शहर बजार र सडकमा मानिसको चहलपहल पहिले झैं देखिन थालिसकेको छ । व्यापार व्यवसाय पनि साबिकै अवस्थामा फर्किएको छ । लकडाउन खुुकुलो पारेपछि सङ्क्रमणको ख्याल नै नगरी लापरवाही किसिमले हिँड्डुल गर्नेहरु बढेका छन् ।

Comments
Loading...