हटने भयो सर्लाहीमा प्राथमिक तहको अस्थायी तथा करार शिक्षक

राकेश गुप्ता

सर्लाही,२८ चैत्र । सर्लाहीमा प्राथमिक तहको अस्थायी तथा करार शिक्षक हटने भएको छ । सर्लाहीभरिमा २०७६÷९÷०१ पछि नियुक्त भएका सबै अस्थायी तथा करार शिक्षक हटने भएको शिक्षा विकास तथा समन्य इकाइ सर्लाहीले जनाएको छ ।
शिक्षक सेवा आयोगबाट सर्लाहीका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षक उम्मेदवार १ सय ८३ जना थपने भएकोले अब देखि सर्लाहीमा ७७ जना अस्थायी÷करार शिक्षक विस्थापित हुने शिक्षा विकास तथा समन्य इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिनुुभयो । । हटने शिक्षकहरु मध्ये २०७६÷०९÷०१ देखिको १७ , २०७७ को ४, २०७८ को २७, २०७९ को १६ र २०८० को १३ जना रहेको छ ।
यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा उपलब्ध अभिलेख अनुसार सर्लाहीको २० पालिकाहरु मध्ये अस्थायी तथा करार शिक्षकहरु सबैभन्दा बढि बलरा नगरपालिका बाट १७ जना, रामनगर गाउँपालिका बाट ८ जना, धनकौल गाउँपालिका बाट २ जना, विष्णु गाउँपालिका बाट ५ जना, गोडैता नगरपालिका बाट ५ जना, कौडेना गाउँपालिका बाट १ जना, मलंगवा नगरपालिका बाट ४ जना,ब्रहमपुरी गाउँपालिका बाट ४ जना, कविलासी नगरपालिका बाट ५ जना , हरिपूर्वा नगरपालिका बाट १ जना, बरहथवा नगरपालिका बाट ५ जना, पर्सा गाउँपालिका बाट २ जना, हरिपुर नगरपालिका बाट ३ जना, लालबन्दी नगरपालिका बाट ४ जना, वागमती नगरपालिका बाट ६ जना र इश्वरपुर नगरपालिका बाट ५ जना गरि जम्मा ७७ जना हटने भएको छ । उनिहरु २०७६÷०९÷०१ गतेपछिका अस्थायी÷ करार नियुक्त शिक्षक छन ।
सर्लाहीमा प्राथमिक तहमा सरुवा तथा अनिवार्य अवकाश भई रिक्त शिक्षक १ सय ६ जना रहेको थियो ।
सर्लाहीभरीमा सामुदायिक विद्यालयको संख्या ५ सय भन्दा बढी रहेको छ । सर्लाहीमा न्यूनतम आवश्यक दरबन्दी प्रावि तहमा २ हजार ५९ जना शिक्षकमध्ये १ हजार २ सय २१ , आधारभुत तह(६–८)मा ६ सय २८ जना जसमध्ये ३ सय ९७ जना, मावि तहमा ४ सय ५५ जसमध्ये दरबन्दी २ सय ६३ जना, उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा १ सय १४ मध्ये ८३ जना शिक्षकको मात्र दरबन्दी रहेको छ ।
२०५२ पछि स्वीकृत शिक्षक दरबन्दी र २०६७ पछि शिक्षक अनुदान कोटा(राहत) नथपिएको र दिनानुदिन विधालयहरूमा कक्षा थप र नयाँ विधालय स्थापनाको क्रम जारी छ ।अहिले विद्यार्थी संख्याको आधारमा शिक्षक नथपिदा सर्लाहीका सामुदायिक विद्यालयहरूमा शिक्षकको अभाव भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताउनुुभयो ।

Comments
Loading...