सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को पहिलो अडिसन राउन्ड सम्पन्न,३२ जना प्रतिस्पर्धी छनौट

मुकेश झा २०७८।०७।२२ सोमबार

विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को पहिलो अडिसन राउन्ड सम्पन्न भएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित प्रतियोगिताको स्पोन्सर्स समेत रहेका कुशुम पार्टी पैलेसको हलमा आइतवार भएको पहिलो राउन्डको अडिसनबाट ३२ जना प्रतिस्पर्धीहरु दोस्रो चरणका लागि छनौट भएको कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ । आइतवार भएको अडिसनमा सर्लाहीको मलंगवा , लालबन्दी ,बरहथवा,हरिपुर्वा,कबिलासी,ईश्वरपुर,हरिपुर र बलरा नगरपालिका तथा कौडेना र धनकौल गाउँपालिका प्रतिस्पर्धीहरु सहभागी थिए ।


यसअघि आईडल प्रतियोगिताको परिचयात्मक कार्यक्रम सम्पन्न भइसकेको छ ।उक्त कार्यक्रममा प्रतियोगीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पहिलो चरणको अडिसनबाट छनौट भएका ३२ जना प्रतिस्पर्धीहरुको दोस्रो चरणको राउण्ड छठ पर्व पछि हुने कार्यक्रम संयोजक कर्णले बताएको छ।

आइडलको उपाधि बिजेताले नगद ५१ हजार, उपबिजेताले नगद ३१ हजार र तेस्रो हुनेले नगद २१ हजार रुपैयाँ र कदरपत्र प्राप्त गर्ने छन् । निर्णायक कमिटीमा मैथिली गायक कर्णको साथ गायक मंजुर आलम रहेका छन् ।
आइतवार सम्पन्न भएको पहिलो अडिसन राउन्डमा ६० जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए ।अडिसनको लागि जम्मा ७२ जनाले नाम दर्ता गराएका मध्येबाट १२ जना अनुपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रम स्थलमा छनौट भएका प्रतिस्पर्धीहरु दोस्रो चरणको लागि निकै नै उत्साहित भएको देखिन्थे ।
जिल्लामै पहिलोपटक आयोजना भएको यस प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोग तथा प्रायोजन गरेर सहयोग पुर्याउने सबै महानुभाव र संस्थाहरु प्रति आयोजक कमिटीले मञ्चबाटै धन्यवाद दिएका थिए ।उहाँहरुलाई प्रतियोगिताको फाइनल राउन्डमा सहभागी गराइ बिजेता छनौट गर्न भोटिंगको अधिकार दिइने आयोजकले जनाएको छ ।

Comments
Loading...