सर्लाही को बिभिन्न ठाउमा आगोलागी घटनाबाट ९ लाख भन्दा बढिको क्षती

रबिन्द्र ठाकुर मसिंर २८ २०७८

जाडो मौसम बढेको शुरुवाती देखि नै सर्लाहीमा आगलगीको घटना बढदै गइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्यांक ले देखाइरहेको छ । प्रत्येक दिन सर्लाहीको विभिन्न पालिकाहरुमा आगोलागीको घटना सुनिरहेको छ ।
आज सर्लाहीको बिभिन्न पालिकाहरुमा आगोलागीबाट मानबिय क्षति नभएपनि लाखौको धनमाल जलेर क्षती भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने लालबन्दि नगरपालिका ५ मेजरगंज बस्ने मनोज गुप्ताको दुइतले घरको पुजा गर्ने कोठामा दियो वति बाली छाडेर गएपछि सोहि बतिले आगो सल्केर घर भित्र रहेको दुइवटा बाकसमा रहेको १ तोला सुन,नगद कपडा लता सहित ३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जर्नाको छ ।
त्यस्तै सर्लाहीको कबिलासी नगरपालिका –०१ पिपरिया स्थित थरेसरबाट धान झार्ने क्रममा आगलगी हुदा ४ वटा किसानको १० बिघा १५ कट्ठाको धान पराल ६ लाख २० हजार बराबरको  जलेर नस्ट भएको छन ।
क्षती हुनेहरुमा पिपरिया बस्ने लोचन रायको ४ बिघाको पराल जली नष्ट,अन्दाजी मुल्य रु.४० हजार बराबरको क्षेती, त्यस्तै राज नारायण रायको ५ बिघाको धान सहितको पराल,टाएरगाडा,फुसको कच्चि गोठ जलि नष्ट अ.मु.रु.४.लाख बराबरको क्षेती, भाग्य नारायण रायको १ बिघाको धान सहितको पराल जली नष्ट,अ.मु.रु.८० हजार बराबरको क्षती र उपेन्द्र मण्डलको १५ कट्टाको धान सहितको पराल, फुसको गोठ, अ.मु.रु.१,लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायव उपरिइाक माधव प्रसाद बुढाथोकी ले जनाएको छ

Comments
Loading...