हरिपूर्वा नगरपालिकामा कार्यरत लेखापालको विदाई तथा स्वागत कार्यक्रम सम्पन्न् (फोटो फिचर सहित )

लोकप्रिय अवाज समाचारदाता २०७८–०९–११ आइतबार

सर्लाहीको हरिपूर्वा नगरपालिकामा २ बर्ष देखि कार्यरत लेखापाल यमलाल पौडेल काज सरुवा भई गृह जिल्ला सुर्खेत जानुभएको छ भने कोष लेखा नियण्त्रण कार्यालय मलगंवाको सिफारीसमा बरहथवा नपाको नापी शाखामा कार्यरत लेखापाल रामबाबू यादब हरिपूर्वा आउनुभएको छ ।


लोकसेवा पास गरि पहिलो पटक हरिपूर्वा नगरपालिकाको लेखापाल पदमा नियुक्ति हुनुभएको पौडेलले आफ्नो कार्यकालमा दिनरात जनताको काममा व्यस्त भएको ले उहाँको बिदाइ कार्यक्रममा कर्मचारीको साथसाथै जनप्रतिनिधी तथा आम जनताको समेत उपस्थिती रहेको थियो । सधै बिवादित रहने हरिपूर्वा नगरपालिकामा पौडेलले विताउनुभएको कार्यकालमा लेखा शाखा जिम्मेबारी पुर्वक कर्मचारीले काम सम्पन्न गरेकोले सबैको प्रिय बन्न पुगेको नगरप्रमुख सियाराम रायले बताउनुभयो ।


लेखापाल यामलाल पौडेलको बिदाई कार्यक्रममा हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल,उप प्रमुख चन्द्रकाला देवि पजियार,योजना प्रमुख सकलदेब राय,शिक्षा शाखा प्रमुख जनक काफले, इन्जिनियर मोहरलाल महतो,स्वास्थ्य संयोजक रामएकबाल राय, आर्युवेद प्रमुख डा.संजय राय सहित नगरपालिकाको सम्पूर्ण कर्मचारी सहित जनप्रतिनिधी को उपस्थिती रहेको थियो ।

Comments
Loading...