Warning: session_start(): open(/tmp/sess_bna91mj0uu565bcs1hgv7ufn44, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
सलेमपुरमा बसको ठक्करबाट एक जना गम्भीर घाइते, स्थानीयले बसमा आगो लगाए – lokpriyaawaj

सलेमपुरमा बसको ठक्करबाट एक जना गम्भीर घाइते, स्थानीयले बसमा आगो लगाए

लोकप्रिय समाचारदाता

सलेमपुर, २८ फागुन नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुर चोकमा केहीबेर अघि नवलपुरबाट मलंगवातर्फ गइरहेको ग २ ख १४४० नम्वरको बसको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भएका छन् ।

साइकल यात्री सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतोलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) दयानिधी ज्ञवानीले बताए । “घाइतेलाई भर्खरै यहाँबाट बीएण्डबी अस्पताल काठमाडौँ रेफर गरिएको छ, एसपी ज्ञवालीले भने, अहिले एम्बुलेन्समै लगिँदै छ, बाटोमै हेलिकप्टर मगाउने कुरा भइरहेको छ ।

दुर्घछनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बसमा लगाइएको आगो निभाइसकिएको बताए ।

स्थानीयले अहिले नवलपुर–सलेमपुर सडकमा चक्काजाम गरेका छन् । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_bna91mj0uu565bcs1hgv7ufn44, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0