Warning: session_start(): open(/tmp/sess_1s52ohj8som3vacmt5ub9gcld5, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
सात महिना देखी कर्मचारीले तलब नपाएपछि कार्यालय बन्द गरि धर्नामा – lokpriyaawaj

सात महिना देखी कर्मचारीले तलब नपाएपछि कार्यालय बन्द गरि धर्नामा

बिबेक कुमार यादब

माघ २९ हरिपुर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिका अहिले पुर्णरुपमा अस्त व्यस्त अबस्थामा छ । आर्थिक बर्ष २०८०।०८१ को लागी बजेट ल्याउन नसक्दा कर्मचारीको तलव देखी लिएर बिकास निर्मााणको काम,समाजिक सुरक्षा भत्ता सहितको सबै सेवा बन्द रहेकै बेला हरिपूर्वा नगरपालिका अन्र्तगत रहेको सबै र्कायालय बन्द गरेर कर्मचारीहरु अनिश्चित कालका लागी आइतबार देखी नगरपालिका भवन अगाडी धर्नामा बसेको छ ।
अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द भएपछि नगरपालिका भित्रका ४० हजार जनता सिधै मारमा परेको छ । ९ वटै वडा कार्यालय,आर्युवेद शाखा,स्वास्थ्य शाखा,कृषि शाखा, पशु शाखा लगाएतका शाखाहरु पुर्णरुपमा बन्द भएपछि जनताको विभिन्न सिफारीस सहित,घटना दर्ता,बिरामी चेकजाच, जस्ता नियमित कामहरु बन्द भएको छ ।चालु आ.व साउन देखी कर्मचारी,शिक्षकहरुको तलव रोकिएको छ । हरिपूर्वा नगरपालिका बिबादमा रहेकोले नगरसभा हुन नसक्दा समस्याहरु आएको वडा नम्बर १ का वडाध्यक्ष श्यामबाबु रायले बताए । नगरसभाको लागी हिजो बसेको कार्यपालिकाको बैठक पनि असफल भएपछि कर्मचारीहरु निरास बनेको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_1s52ohj8som3vacmt5ub9gcld5, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0