मुटु रोगबाट पिडित दिलिप यादबको उपचार सहयोगमा ३ लाख ६० हजार संकलन, ६ लाख पूरा भए जोगिन्छ ज्यान

रबिन्द्र ठाकुर

माघ २७ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर- ६ बस्ने मुटु रोगबाट ग्रसित २१ बर्षिय दिलिप यादबको उपचारको लागि राहत संकलन गर्न समाजसेवी तथा युवा पत्रकार बिबेक कुमार यादबको पहलमा शुरु भएको अभियानमा अहिलेसम्म विभिन्न व्यक्ती, देश बिदेश तथा संघ संस्थाको सहयोगमा ३ लाख ६० हजार रकम यादबको आफन्त सुकेश्वर यादबको खातामा जम्मा भैसकेको र बाकिको रकम पनि साथिहरुले सहयोग गर्न संकलनमा रहेको पत्रकार यादवले बताए ।

नेपाली कांग्रेस मधेस प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले पीडित यादवको घरमै पुगेर आज १० हजार रकम अर्थिक सहयोग गरेकी छन ।
मुटु रोग बाट पिडित युवक यादवलाइ मुटुमा प्वाल भएको हुदाँ शल्यक्रिया गर्न नगद रु. ६ लाख लाग्ने भएको हुदाँ समाजसेवी थापाले हरिपुर्वाका पत्रकार बिवेक यादवको अनुरोधमा मुटु रोग बाट पिडित यादवको घरमै पुगेर नेपाली काँगेंस प्रदेश कार्यसमिति सदस्य थापाले नगद प्रदान गर्दै साथिहरु बाट पनि सकेसम्म सहयोग गराउने प्रतिबद्धता गरेकी छन ।
मुटु रोग बचाउ अभियानमा उपचारको लागि भएको आर्थिक सहयोग बिबरण :-
१)हरिपुर्वा-२ निवासी हाल मलेसियामा श्रमिकको रुपमा कार्यरत रामनाथ राम द्वारा रु.१००००(दस हजार)
२)हरिपुर्वा न.पा.५ का दिनकर साहको सक्रियतामा साउदी अरेबियामा गठिट श्री रामजानकी सेवा समितिद्वारा रु.१५०५१
३) हरिपुर्वा न.पा.६ को आनन्द ठाकुरको तर्फबाट रु.१५०००
४)यस क्षेत्रका भारतको तमिलनाडु प्रान्तको गोमाता गार्मेन्टमा कार्यरत श्रमिकद्वारा रु.२७०००,
५)हरिपुर्वा-६ को लक्ष्मण रायद्वारा रु.१५०००,
७)भारतको हिमाचल प्रदेशमा कार्यरत श्रमिक साथिहरुद्वारा रु.७००००,
८)हरिपुर्वा-१ निवासी नागेन्द्र रायद्वारा रु.१५०००,
९)भङ्गहा नगरपालिकाको उपेन्द्र यादवको तर्फबाट रु.६०००
१०)नेपाली कांग्रेस प्रदेश कार्यसमिति सदस्य सर्मिला थापाद्वारा रु.१००००,
११) पीडितको खाता र इसेवामा सहयोग विभिन्न सहयोगी हातहरु बाट ७७०००,
१२) नगरपालिका क्षेत्र भित्र पुर्व नगरप्रमुख तथा संकट मोचन नगर कल्याण फाउन्डेसनका अध्यक्ष सियाराम रायको सहयोगमा चन्दा उठाएर रु.१००००० सहित ३ लाख ६० हजार सहयोग रकम आइसकेको र बाकी रहेको रकम पनि सहयोगी हातहरुलाइ सहयोग गरिदिन हुन मुटुरोगी दिलिप यादबले याचना गरेको छ ।


सहयोग गर्न चाहनुहुने महानुभावलाइ पत्रकार यादवले मुटु रोग बाट पिडित युवकको आफ्नत सुकेश्वर राय यादवको एन आइ सी एसीया बैंकको खाता नं. १३८५७५९४९८३०८००१मा आर्थिक सहयोग गर्न अनुरोध समेत गरेको छ ।

Comments
Loading...