साहपुर टोलमा आगलागीबाट एउटा घर सखाप,१२ लाख भन्दा बढिको क्षति

रबिन्द्र ठाकुर

हरिपूर्वा, २० बैशाख – जिल्लाको दक्षिण पूर्वी बेल्टस्थित हरिपूर्वा नगरपालिका–४, साहपुरमा गएराति भएको आगलागीबाट लाखौँको क्षति हुन पुगेको छ ।

किशोरी बैठाको बाँसको टाटी र माथि खपडाले छाएको कच्ची घरमा खाना पकाउनेक्रममा चुल्होबाट सल्किएको आगोले घरसहित घरभित्रका सरसामग्री जलेर नष्ट हुँदा ठूलो क्षति भएको हो । आगलागीबाट घर तथा घरभित्र रहेका नगद, कपडा, भाँडा, खाद्यान्न, कागजात सम्पूर्ण सरसामग्री जलेर खरानी भएको प्रहरीले जनायो ।

प्रारम्भिक विवरण अनुसार आगलागीबाट १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । राति ८ बजेतिर भएको आगलागी गाउँले र सुरक्षाकर्मी मिलेर करिव एक घण्टापछि नियन्त्रणमा लिए । तर किशोरीको घर भने जोगाउन सकिएन ।

Comments
Loading...