सर्लाहीको विष्णु गाउँपालिकामा भएको भिषण आगलागी नियन्त्रणमा, ६६ घर जले

मुकेश झा

बैशाख २० सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका १ बाराउद्योरणस्थित गाउँमा लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ ।

घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एसपी विनोदराज खनालले आगलागी नियन्त्रणमा आइसकेको बताए । सुरक्षा अधिकारीहरु अहिले घटनास्थलमा छन् ।

एसपी खनालका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट ६६ घर जलेका छन् । आगलागीको पूरा विवरण आउन बाँकी छ ।

Comments
Loading...