स्पोन्सरशीप आधारभूत तालिमको समापन

लोकप्रिय समाचारदाता

सर्लाही, साउन १७ । बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका कर्मचारीहरुका लागि स्पोन्सरशीप आधारभूत तालिम सम्पन्न भएको हो । वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशीप परियोजना अन्तर्गत स्पोन्सरशीप आधारभूत तालिम स्थानीय साझेदार संस्था तथा वल्र्ड भिजनको कर्मचारीहरुले अनिवार्यरुपमा लिनु पर्ने तालिम रहेको वल्र्ड भिजन ईन्टरनेशल नेपालका आनन्द खड्काले बताए।
स्पोन्सरशीप सम्बन्धीका आभारभुत पक्षहरुलाई प्राविधिक कार्यक्रम मार्फत अति जोखिममा रहेका बालबालिकाहरुलाई कार्यक्रममा धेरै भन्दा धेरै सहभागी गराउनको लागि अपनाउनु पर्ने विधि, प्रक्रिया आदिको विषयमा कर्मचरीहरुलाई जानकारी गराउने ।साथै तालिमा संरक्षणका अभावमा रहेका बालबालिका तथा किशोरकिशारीहरुको संरक्षणको सवाललाई कसरी स्थानीय तहहरुको सहकार्य र समन्वयमा दिगो समाधानका लागि प्रयास र पहल गर्न सकिने कार्यक्रम उद्देश्य रहेको वल्र्डभिजन इन्टरनेसनल नेपाल सर्लाहीका स्पोन्सरशीप फिल्ड कोर्डिनेटर सीता चौधरीले जानकारी दिनु भयो ।


स्पोन्सरशीप वल्र्ड भिजनको चिनारी, वल्र्ड भिजनले कसरी काम गर्ने तौर तरिकाको बारेमा समेत जानकारी गराईएको फिल्ड कोर्डिनेटर चौधरीले बताए ।


३ दिने तालिमको सहजिकरण वल्र्डभिजन इन्टरनेसनल नेपालका आनन्द खड्का, धन लामा, कृष्ण श्रेष्ठ, सीता चौधरी, बागमती सेवा समाजका रजना श्रेष्ठ तथा प्रमेश बादेले गरेका हुन् ।

Comments
Loading...