Warning: session_start(): open(/tmp/sess_cbhi7r62oinjtr01p59jk46g57, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिनाथ महादेव मन्दिरको उद्धघाटन मधेश प्रदेसको अर्थ मन्त्री यादव द्वारा सम्पन्न – lokpriyaawaj

हरिनाथ महादेव मन्दिरको उद्धघाटन मधेश प्रदेसको अर्थ मन्त्री यादव द्वारा सम्पन्न

मुकेश झा फागुन- ७ - २०७९

बैदेशिक रोजगार श्रमिक द्वारा निर्माणित १ करोडको लागतमा बनेको हरिनाथ महादेव मन्दिरको उद्धघाटन एक कार्यक्रमका बिच मधेश प्रदेशको अर्थ मन्त्रि माननिय सजंय कुमार यादव द्वारा समपन्न भएको छ ।


सर्लाहीको हरिपूर्वा नगरपालिका शलेस पोखरी स्थित हरिनाथ महादेव मन्दिर संरक्षण तथा सम्र्वधन समिती द्वारा २०७२ सालमा मन्दिर निर्माणको लागी खाडी मुलुकमा रहेको श्रमिक युवाहरुले आफ्नो अनुदानबाट हरिनाथ महादेव मन्दिर निर्माण गर्ने अथोट लिएर शिलान्यास गरेको समिती को अध्यक्ष रामपृत यादवले बताएको छन । सात सालको सफल प्रयास पछि २०७९ साल आश्विन २ गते मन्दिर निर्माणको कार्य सकेको समितीको कोषाध्यक्ष प्रमोद साहले वताए ।


महाशिवरात्रीको अवसर पारेर फागुन ५ गते देखी ७ गते सम्म हरिनाथ महादेव मन्दिरमा शिवलिगं स्थाप्ना र प्राणप्रतिष्ठा सम्पन्न भए पश्चात आज मधेश प्रदेसको अर्थ मन्त्री माननिय सजंय कुमार यादवले उद्धघाटन गरि मन्दिरलाई सर्वसधारणको लागी खुल्ला गरिएको छ ।


उद्धघाटन कार्यक्रममा अर्थ मन्त्री माननिय सजंय कुमार यादवले हरिनाथ महादेव मन्दिर अवस्थित क्षेत्रलाई आउँदो बजेट बाट धार्मीक प्रयटकिय स्थलको रुपमा चिनाउने गरि बिकास निर्माणमा पुर्ण रुपले सहयोग हुने बताए । हरिपूर्वा नगरपालिकामा शिक्षा स्वास्थ्य तथा सिचाई क्षेत्रमा पनि हाम्रो पुर्ण योगदान रहने उहाँले बताएको छन ।


हरिनाथ महादेव मन्दिरको उद्धघाटन कार्यक्रमको बिशिष्ट आतिथीको रुपमा हरिपूर्वा नगरपालिकाको नगर प्रमुख बिनोद कुमार साह,उपप्रमुख सुमिन्त्रा देवी, आतिथीहरुमा वडाध्यक्षहरु, जसपाको जिल्ला अध्यक्ष बिरेन्द्र यादव, उपाध्यक्ष गणेश कुमार यादव, सहित निभिन्न राजनितक कर्मी,युवा,स्थानिय सहितको उपस्थिती रहेको थियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_cbhi7r62oinjtr01p59jk46g57, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0