हरिपुरबाट अवैध काठ बरामद

लोकप्रिय समाचारदाता

हरिपुर,प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका (१ हजारविघाबाट ५६ क्युफिट साल जातको अवैध काम बरामद गरेको छ। टायरगाढामा परालले छोपेर तस्करी गर्दै गरेको काठ बरामद गरेको इलाका प्रहरी कार्यालय मुर्तिया हजारबिघाका सई गोकर्ण यादवले जानकारी दिनुभयो । बरामद गरिएको काठ शव डिभिजन वन कार्यालय मुर्तियामा बुझाएको छ। तस्करले जानकीनगर साझेदारी वनबाट चोरेर चिरान मिल तर्फ परालले छोपेर लादै गरेको अवस्थामा काठ बरामद गरेको हो।तस्करले प्रहरीलाई देखेपछि काठ छोडेर भागेको प्रहरी जनाएको छ।

Comments
Loading...