राजनीति गर्नेले तलबभत्ता लिन नपाउँने

लोकप्रिय समाचारदाता २०७८– कार्तिक – ०६ शनिवार

हरिपूर । नेकपा एमाले सर्लाहीका सचिव केदार खत्रीले अब बन्ने जनप्रतिनिधिले सरकारी कर्मचारीले जसरी तलबभत्ता लिन नपाउने बताउनुभयो ।सर्लाहीको हरिपुरमा आयोजित वडाभेलालाई सम्बोधन गर्दै जनप्रतिनिधि भएर जागिर खान इच्छा हुनेले बेलैमा लोकसेवा पास गरेर जागिर खान सुझाव दिनुभयो ।

राजनीति गर्ने र जागिर खाने पेशा फरक भएकाले राजनीति गर्नेले निस्वार्थ भावनाले नागरिकको सेवा गर्न तयार हुनुपर्ने बताउदै अब नेकपा एमालेका कुनै पनि नेताहरूले जनप्रतिनिधि भएर पाउने मासिक तलबभत्ता सबै सामाजिक क्षेत्रमा खर्च गर्नु पर्ने बताउनुभयो । नेताहरूको राजनीतिलाई कमाई खाने भाडो बनाउने प्रवृत्तिका कारण आज जनताले विस्वास गर्न छाडेको बताउनुभयो । वडा अधिवेशनलाई नेकपा एमालेका नेता माधव सरकार, सुरेन्द्र कार्की, यादव सरकार ,अस्फान अन्सारी लगायत बोल्नु भएको थियो ।

Comments
Loading...