हरिपूर्वा आर्युवेद शाखाद्वारा धन्वन्तरी दिवस मनाइयो (फोटो फिचर)

मुकेश झा कार्तिक १६ गते मगंलबार

सर्लाही सदरमुकाम पूर्व पर्ने हरिपूर्वा नगरपालिकामा आज एक कार्यक्रमको बिच धुमधामले राष्ट्रिय आरोग्य धन्बन्तरी जयन्ती कार्यक्रम भवयताको साथ सम्पन्न भएको छ । हरिपूर्वा आर्युवेद औषधालय सहयोग समितीको उपाध्यक्ष दुखा राय भन्ने नरेन्द्र रायको अभ्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथी सियाराम राय रहनुभएको थियो ।


प्रत्यृक बर्ष हरिपूर्वा नगरपाकिाको आर्युवेद शाखामा दिपावली को ३ दिन पुर्व पर्ने धन्वन्तरी दिबसको अबसरमा राष्ट्रिय आरोग्य धन्बन्तरी जयन्ती मनाइने गरेको आयुर्वेद शाखाको प्रमुख डा.संजय कुमार यादवले बताउनुभयो ।


जयन्ती कार्यक्रममा हरिपूर्वा नगर भित्रको वडाध्यक्षहरु श्यामबाबू राय,पुरुषोतम राय,नागेश्वर राय,दिनेश राय,समाजसेवी राजनारायण राय,कर्मचारी,बुद्विजिवी वर्गहरुको उपस्थिती रहेको थियो ।

साथै Blood sugar को निशुल्क जाँच गरिएको छ।त्यसमा वार्ड अध्यक्ष ज्यू , पार्टी प्रमुख ज्यू लगायत सर्व साधारण को उपस्थित रहेको थियो।

Comments
Loading...