हरिपूर्वा नगरपालिकाः–जनप्रतिनिधीको बिच टकराबको कारण नगरसभामा ढिलाई, बिकास निर्माण शुन्य

मुकेश झा १९ मसिंर २०७७

आर्थिक वर्षको अन्तिममा हतार हतार योजना सम्पन्न गर्ने प्रवृत्ति रहेको स्थानीय तहहरुमा यो वर्ष झन कोरोना सङ्क्रमणले गर्दा योजना कार्यान्वयनमा थप ढिलाई भएको हो ।
जसमा दक्षिणी क्षेत्रको अधिकाशं पालिकाहरु पर्ने मा हरिपूर्वा नगरपालिका पनि एक हो । पुरानै परम्परा रहेको हरिपूर्वा नगरपालिकामा स्थानिय तह निर्माण भए देखि हाल सम्म समयमा नगर सभा सम्पन्न गराई बिकास निमार्णको काम समयमा शुरुवात गर्न सकेको छैन ।

बिगत ३ बर्षको बजेट करिब ३० करोड भन्दा माथि को रकम समयमै नगरसभा न हुनसक्दा थन्किएर राखिएको छ । अषाढि बजेट खर्चियाइने यस हरिपूर्वा नगरपालिकामा आर्थिक बर्ष २०७६ । ०७७ सकिएको साढे चार महिना बिति सकेको छन । तर अहिले सम्म नगर सभा बिभिन्न बहाना बनाउदै समय अगाडी साडिएको स्थानिय युवा मनोज यादबले बताए ।
हरिपूर्वा नगरपालिकाले पहिलो पटक नगर सभाको लागी कार्तिक २१ गते नगरसभाको लागी समय तालिका र सुचना लेखेपनि राजनितिक टकराबको कारण अचानक मंसिर ३ गते सम्मको लागी सारियो । मसिंर ३ गते पुनः बिना समय निर्धाणकै नगरसभाको समय सारेको छन ।

आर्थिक बर्ष २०७६ । ०७७ सकिए लगतै २०७७ । ०७८ को लागी हरिपूर्वा नगरपालिकाको प्रत्येक वडालाई योजना छनोट गरि पठाउने पत्र पठाइसकेपनि हाल सम्म अधिकाशं वडाले योजना छनोट गरि नगरपालिकामा नपठाइएको वडा ६ को वडाध्यक्ष दिनेश यादबले बताए ।

हरिपूर्वा नगरपालिकामा अहिले मेयर,उप मेयर तथा वडा नम्बर २ ,५ र ८ मा नेपालि कांग्रेश को वडाध्यक्ष निर्बाचित रहेको छन भने वडा नम्बर १,४,६,७ र ९ मा जसपा बाट निर्बाचित वडाध्यक्षहरु रहेको छन त्यस्तै वडा नम्बर ३ मा नेकपा को वडाध्यक्ष रहेको हरिपूर्वा नगरपालिकामा ३ दलको जन प्रतिनिधी नगरपालिका लाई चलाइरहेको कारण पनि राजनिती समिकरण बिग्रेका स्थानिय समाजसेबी ठगा रायले बताउनुभयो ।

बिगत केही दिन देखि हरिपूर्वा नगरपालिकामा नेकपा नगर सयंत्र समिती नगरपालिकाको काम काज बिरुद्ध बिभिन्न माग राख्दै आन्देलनमा समेत उत्रेको छन । यस्तो अबस्थामा हरिपूर्वा नगरपालिकामा कर्मचारीको तलब तथा संचालन खर्च बाहेक बजेट निर्माणमा शुन्य खर्च भएको छन ।

हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम रायले प्रमुख प्रशासकीय अधिकृत रही रहे यो वर्ष अधिकांश योजना सम्पन्न गर्ने लक्ष्य रहेको बताए । हरिपूर्वा लगायत दक्षिणका पालिकाहरुमा प्रमुख प्रशासकिय अधिकृत धेरै नटिक्ने र जनप्रतिनिधिबीच टकराब चलिरहँदा विकासका काम प्रभावित हुँदै आएका छन् । गाउँपालिका तथा नगरपालिकाहरुले आर्थिक वर्षको अन्तिममा बजेट सक्नकै लागि छिटोछिटो योजना कार्यान्वयन गर्दा काममा कमगुणस्तर र प्रभावहिन देखिँदै आएको छ ।

Comments
Loading...