नगरपालिका स्तरिय प्रारम्भिक परिचयात्मक तथा पुनरावलोकन बैठक सम्पन्न

मुकेश झा २३ मसिंर २०७७

सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिकामा वल्र्ड भिजन इन्र्टनेशनल नेपालको आर्थिक तथा प्रबिधिक सहयोगमा ,बागमति सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र संगको साझेदारी मा संचालित परियोजना हरु लाई बाल स्पोन्सरशिप,पोषण र उत्थानशील जीबिकोपार्जन तथा समाबेशी शिक्षा सुदृढीकरण सिकाई परियोजना को प्रारम्भिक परिचयात्मक तथा पुनरावलोकन बैठक नगरप्रमुख सियाराम रायको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा परियोजना का बाल संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले राष्ट्रिय रोजगार प्रबर्धन केन्द्रले बर्तमान अबस्थामा संस्थाको काम काज तथा लक्ष्य र यस बर्ष सम्पन्न गरेको कार्यक्रमको बारेमा हरिपूर्वा नगरपालिकाको जनप्रतिनिधी तथा कार्यक्रममा सहभागिलाई जानकारी गराउनुभएको छन ।

परियोजना को प्रारम्भिक परिचयात्मक तथा पुनरावलोकन बैठकको आतिथ्यमा उपमेयर चन्द्रकला देबि सुडी,प्रमुख प्रशासकिय अधिकृत सकलदेब राय,प्रशासकिय अधिकृत कुमार परियार,राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र निर्देशक शिबजी प्रसाद साह, बागमति सेबा समाजको अध्यक्ष भरत कार्की,शिक्षा अधिकृत जनक काफ्ले,बिभिन्न वडाको वडाध्यक्षहरु तथा परियोजना मा कार्यरत कर्मचारी हरुको सहभातिा रहेको थियो ।

कार्यक्रम हरिपूर्वा नगरपालिका ५ स्थित रहेको कृषि आधुनिकीकरण धान जोनको कार्यालयमा सम्पन्न भएको छ

Comments
Loading...