Warning: session_start(): open(/tmp/sess_jfiplrskp79ibp4k1ptj8b0416, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपूर्वा नगरपालिकामा चुनावमुखी बिकासको लहर,बिना स्टिमेटकै पाइप बितरण गर्दै जनप्रतिनिधी – lokpriyaawaj

हरिपूर्वा नगरपालिकामा चुनावमुखी बिकासको लहर,बिना स्टिमेटकै पाइप बितरण गर्दै जनप्रतिनिधी

मुकेश झा २०७८ मसिंर २७

नेपालमा स्थानिय चुनावको मिती घोषणा भए सगैं निर्वाचित स्थानिय जनप्रतिनिधी २०७८–०७९को अधिकाशं बजेट बिकासमुखि नभइ चुनावमुखीमा परिवर्तन भएको हरिपूर्वा नगरपालिकामा प्रत्यक्ष देखिएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिकामा चालू आ।व।मा खानेपानी पाइप जडानमा मात्र १ करोड ८१ लाख ५० हजार नगर सभाबाट बिभिन्न वडा तथा नगरको बजेटमा छुटियाइएको छ ।


खानेपानी पाइप जडानमा छुटियाइएको पौने २ करोड भन्दा माथीको बजेट बिना कार्यबिधी र स्टिमेटकै जथाभावी बितरण भइरहको ले तुरन्त बितरण गर्न रोक लगाउन हरिपूर्वा नगरपालिकाको युवाहरुको समुहले शुक्रबार प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल लाई ज्ञापनपत्र बुझाएको छ । युवा अगुवा तथा समाजसेवी बिरेन्द्र अधिकारीको अनुसार खानेपानी पाईप जडानको कार्यबिधि वनाई स्टिमेट अनुसार का सम्पूर्ण समाग्रीहरू तथा जडान खर्च लाभग्राहीहरूले पाऊनु पर्ने गरी मात्र जडानरबितरण गर्न गराउन पटक(पटक जानकारी गराउदा पनि नगरपालिकाले पहल नगरेपछि बाध्य भई जनसमुदायको सल्लाहले जनताको हितहुने उदेश्यले ज्ञापन पत्र बुझाएको वताए ।
घर घरमा हाथेकल भएपनि प्रत्येक बर्ष लाखौ बजेट खानेपानी पाइप जडानमै निकासा भइरहेको छन । र यस चालू आ।ब।मा पुनः खानेपानी जडानमै करोडौ बजेट बिनियोजन हुँदा कार्यकरता पाल्नू बाहेक कुनै उपल्बधी नरहेको अर्को युवा राकेश यादवले बताए ्र

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_jfiplrskp79ibp4k1ptj8b0416, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0