हरिपूर्वा नगरपालिकामा थप ४ जनामा कारोना पोजेटिभ ,२ जना स्वास्थ्यकर्मी पनि संक्रमित

मुकेश झा जेठ ३० २०७७

सर्लाही को हरिपूर्वा नगरपालिकामा थप ४ जनामा कारोना संक्रमित भेटाइएको छ । जेठ २३ गते हरिपूर्वा नगरपालिकाबाट १ सय ७१ जनाको स्वाव संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । जसमध्ये १ सय २४ जनाको पिसिआर रिर्पोट बिहीबार पठाइएको थियो जसमा सबैको रिर्पोट निगेटिभ आएपनि शुक्रबार थप ३२ जनाको पिसिआर रिर्पोटमा ४ जना कोरोना संक्रमित भएको र त्यसमध्ये बसंतपूर स्वास्थ्य चौकीमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कारोना पोजेटिभ रहेको स्वास्थ्य संयोजक रामएकवाल रायले बताएको छन् ।बाकि रहेकको २ जनामा १ जना हरिपूर्वा नपा २ को जो हरिपूर्वा २ स्थित रहेको जनता प्रवि को कारेन्टाइनमा बस्दै आएको थियो भने १ जना हरिपूर्वा ५ स्थित रहेको केश्वर गरिब जनता माबि को कोरेन्टाइनमा रहेको छन् ।
४ जना थपिए संगै हरिपूर्वा नगरपालिकामा कोरोना पोजेटिभको संख्या १२ पुगेको छन् । निगेटिभ रहेको हरु मध्येबाट ६६ जनालाई बिहीबार नै डिस्चार्ज गरिएको र बाकि निगेटिभहरुलाइ पनि आजै डिस्चार्ज गर्ने तयारी भैरहेको नगरप्रमुख सियाराम रायले बताउनुभयो ।

Comments
Loading...