सर्लाहीको नेपाल भारत सिमा मा भारतीय तस्कर र सशस्त्र प्रहरी बल बिच झडप १५ राउन्ड गोलि चल्यो

लोकप्रिय समाचारदाता २०७७ जेठ ३०

 

सर्लाही को पर्सा गाउपालिका ३ नरायनपुर स्थित रहेको नेपाल भारत सिमा मा भारत बाट आएको २०-२५ जनाको समुहले अचानक सिमा मा खटिएका प्रहरी माथी हमला गरेपछी सशस्त्र प्रहरी ले १५ राउन्ड गोलि चलाएको र गोलि लागि ३ भारतीय घाइते भएको छन भने १ जना पक्राउ परेको छन ।
एक स्थानीय को अनुसार बिहान ८ बजे तिर भारत बाट आएको एक समुहले नेपालमा जबर्जस्ती छिरिरहेको बेला सिमामा खटिएका प्रहरीले रोकेपछी प्रहरिलाइ कुटपिट गर्दै बन्दुक खोस्न चाहेपछि प्रहरी जान जोगाउदै सिमा भन्दा ५ सय मिटर भित्र छिरेर १५ राउन्ड गोलि चलाएको थियो । ३ भारतीय लाई गोलि लागेपछि भारत बाट आएको समुह पुनः भारत तर्फ नै भागेको ड्युटीमा खटेको एक जवानले बताए ।

सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार जबर्जस्ती नेपाल छिर्न पाउनुपर्ने माग राखेर बिहान ९ बजे भारतबाट आएको एक समूहले सिमानाकामा खटिएका सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीको हतियार नै खोसेर भागेका थिए । ‘नेपालतर्फ छिर्न पाउनुपर्छ भन्दै आएको भारतीय नागरिकहरुको समूहले हाम्रो एकजना केटाको हतियार नै खोसेको थियो, पछि हतियार खोस्नेलाई नियन्त्रणमा लियौं र हतियार पनि फिर्ता लिईसक्यौं’, ‘१० राउण्ड हवाई फायर गर्दा समेत भिड नियन्त्रणमा नआएपछि बाध्य भएर ५ राउण्ड गोली समेत प्रहार गर्नु पर्यो ।’ अहिले भारतीय सुरक्षाकर्मीहरु समेत घटनास्थलमा आएर दुवैपक्षबीच छलफल भईरहेको सप्रउ श्रैष्ठले जानकारी दिए .

हतियार समेत खोसेपछि सशस्त्र प्रहरीले प्रहार गरेको गोली पाँच भारतीय नागरिकलाई लागेको बताईएको छ । गोली प्रहार पश्चात सबै भारतीय नागरिक आफ्नै देशतर्फ भागेकाले विस्तृत विवरण प्राप्त हुन सकेको छैन । एकजनाको मृत्यु नै भईसकेको हल्ला चलेपनि पुष्टी भईसकेको छैन ।

३ जना लाई लागेको गोलि बाट २ जना गम्भीर घाइते भएको र एक जनालाई मा खुट्टामा गोलि लागेको स्थानिय प्रत्यक्षदर्शीले बताएको छ । गोलि लागेको हरुलाइ भारत कै मुजेलिया मुजफरपूर तिर लगिएको भारतीय एस एस पि ले बताएको छ । अहिले नेपालकाे अवस्था समान्य रहेपनी सिमालाइ सिल गरिएको र प्रहरी बढाइएको छ ।

Comments
Loading...