हरिपूर्वा नगरपालिकामा ३ सय १७ जनाको उमेदवारी दर्ता कुन पदमा कति जना

मुकेश झा बैशाख १४ २०७९

स्थानिय तह निर्वाचन २०७९ बैशाख ३० को लागी सर्लाहीको हरिपूर्वा नगरपालिकामा बैशाख ११ र १२ गतेमा विभिन्न पार्टी तथा स्वतन्त्र बाट ३ सय १७ जना ले आफनो नाम निर्वाचन कार्यलय हरिपूर्वामा दर्ता गराएको हरिपूर्वा निवार्चन कार्यालयले जनाएको छ ।


हरिपूर्वा नगरपालिका मा नगर प्रमुख पदमा ९ वटा पार्टी तथा २ जना स्वतन्त्र उमेदवारले नगर प्रमुख मेयर पदमा मनोनयन गराएको छ । त्यस्तै उपप्रमुख पदमा ८ वटा पार्टीबाट ८ जना महिला उमेदवारले आफनो उमेदबारी दर्ता गराएको छन ।
त्यस्तै वडाध्यक्षहरुमा हरिपूर्वा नगरपालिकाको वडा नम्बर १ बाट ७ जना, वडा नम्बर २ बाट ८ जना, वडा नम्बर ३ बाट ५ जना, वडा नम्बर ४ बाट ५ जना, वडा नम्बर ५ बाट ११ जना, वडा नम्बर ६ बाट ८ जना, वडा नम्बर ७ बाट ७ जना, वडा नम्बर ८ बाट ९ जना, वडा नम्बर ९ बाट ९ जना सहित जम्मा ६९ जनाले वडाध्यक्षमा उमेदवारी दिएको छन ।

बिभिन्न पार्टीहरु बाट वडा सदस्यहरुमा खुल्ला सदस्य तर्फबाट १ सय १८ जनाले,महिला सदस्य तर्फबाट ६० जना,दलित सदस्यमा ५१ जना सहित २ सय २९ जनाले उमेदवारी दर्ता गराएको छन । उमेदवारी दर्ता गराएको बिभिन्न पार्टी तथा पदहरुमा बैशाख ३० गते जनताले मतदान गर्ने छ । मतदान को लागी सुरक्षाकर्मीहरु परिचालन भइसकेको र सुरक्षा व्यवस्थामा सबैलाइ सहयोग गर्न प्रमुख निर्बाचन अधिकृत शंकरराज लुइटेल ले बताउनुभएको छन ।

Comments
Loading...