अन्तिम नामावली प्रकाशित गर्दै हरिपूर्वा निर्वाचन कार्यालयले स्थानिय निर्वाचन अचार सहिंतमा कडाई

मुकेश झा बैशाख १६ २०७९

स्थानिय निर्वाचन २०७९ बैशाख ३० को लागी आज देशैभरी उमेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशित कार्यक्रम अन्र्तगत सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज एक कार्यक्रम गरि निर्वाचन कार्यालयले अन्तिम नाम प्रकाशित गर्दै निर्वाचन अचार सहिंता सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।


चुनाव नजिकदै जादा राजनितिक दलको उमेदवारहरु चुनाव प्रचार प्रसारमा तिब्रता ल्याए सगैं निर्वाचन कार्यालय तथा सुरक्षा निकाय सक्रिय भएको छन । मनोनयन दर्ता पछि सर्लाहीको अधिकाशं स्थानिय तहमा अचार सहिंता बिपरित काम भइरहको ले हरिपूर्वा निर्वाचन कार्यालयले आज दोस्रो पटक निर्वाचन अचार सहिंता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रमुख निर्बाचन अधिकृत शंकरराज लुइटेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शस्त्र प्रहरीवल संग्राम्पुर को प्रमुख गंगाराम कार्की,सहायक निर्वाचन अधिकृत सकलदेब राय,बिभिन्न पार्टी को प्रतिनिधी,प्रत्यासी मेयर,उपमेयर,वडाध्यक्ष सहितको उपस्थिती रहेको थियो ।

Comments
Loading...