हरिपूर्वा नगरपालिका ५ को ३ सय २० जना लक्षित बर्गमा कम्बल बितरण

मुकेश झा

चिसोमा कठिंग्राइ रहेको बेला हरिपूर्वा नगरपालिका वडा नम्बर ५ को ३ सय २० जना एकल महिला,ज्येष्ठ नागरिक,दलित ज्येष्ठ नागरिक तथा पुर्ण अपागमा आज एक कार्यक्रम बिच शितकालिन उपहार स्वरुप कम्बल बितरण गरिएको छ ।
हरिपूर्वा नगरपालिका ५ को वडाध्यक्ष बिजय कुमार यादबको अध्यक्षतामा शुरु गरिएको कम्बल बितरण कार्यक्रमको प्रमुख आतिथीको रुपमा नगर प्रमुख सियाराम राय रहनुभयो । प्रमुख आतिथी तथा सयुंक्त रुपमा तत्कालिन हरिपूर्वा गाबिस ३ हाल हरिपूर्वा नपा ५ बस्ने बलदेव ठाकुरलाई कमबल ओढाई सम्मान गरेर कार्यक्रमको शुरुवात गर्नु भयो ।


कम्बल बितरण तत्कालिन गाबिसको साबिक वडाको हिसाबले क्रमःश लक्षित बर्गलाई बोलाएर कमबल दिइने वडाध्यक्ष बिजय कुमार यादवले बताए । आज साबिक वडा ३ त्यस पछि वडा ४ र त्यसपछि वडा नम्बर ७ को पाले आउने वडाध्यक्ष यादवले जानकारी गराएको छ । हरिपूर्वा वडा नम्बर ५ मा एकल महिला,ज्येष्ठ नागरिक,दलित ज्येष्ठ नागरिकहरुको संख्या बढि भएको ले  कोरोना भाइरसको प्रोटोकल मिलाएर पालै पालो बितरण गरिने वडा सचिव चिरञ्जिवी बरालले बताएको छन ।
कम्बल बितरण कार्यक्रममा वडा सद्यस्य राम सेबक राम,बिशेश्वर साह,राज्यलक्ष्मी देवी पत्रकार,सहितको उपस्थिती रहेको थियो ।

Comments
Loading...