हरिपूर्वा नगरप्रमुखद्वारा १५ शैया अस्पतालको अनुगमन तथा निरक्षण

लोकप्रिय समाचारदाता २०७९ पुष ११ गते

सर्लाहीको हरिपूर्वा नगरपालिका २ स्थित रहेको निर्माणाधिन १५ शैया अस्पतालको भवन सहित व्यवस्थापन अन्तिम चरणमा हस्तनान्तरण हुनु अघि हरिपूर्वा नगरपालिकाको नगर प्रमुख विनोद कुमार साहको नेतृत्वमा आज अनुगमन तथा निरक्षण गरिएको छ ।
स्थानिय निर्वाचन २०७९ बैशाख मा नगर प्रमुख पदको रुपमा बिजयी भएपछि मेयर विनोद कुमार साहले आफ्नो पदस्थापना को दिन आफनो प्रस्तावनामा नगरसभाबाट पहिलो प्रथमिक्तामा १५ शैया अस्पताललाई यसै वर्ष संचालन गर्ने प्रतिवद्धता गर्नुभएकोे थयो । सोही अनुरुप हरिपूर्वा नगरपालिकाको बिशेष नगर अधिवेशन २०७९-०८० बाट अस्पताल संचालनको लागी ८० लाख बजेट छुटियाइएको छ ।


१५ शैया अस्पताल संचालन गर्ने विभिन्न उपकरण खरिदको लागी ४० लाख बजेट, १५ शैया अस्पताल संचालन कर्मचारी भर्नाको लागी ३० लाख बजेट तथा १५ शैया अस्पताल संचालन फर्निचर खरिदको लागी १० लाख बजेट छुटियाइएको छ । निर्माण कार्य समयमा बिग्रिएको पुर्वाधारहरुको र्ममत सम्भार अन्तिम चरणमा आइसकेको हरिपूर्वा नगरपालिकाको सव इन्जिनियर दिलिप यादवले बताएको छन । केही काम बाकी रहेको र सो काम पनि पुष मसान्त भित्र पुरा गरिसकिने अस्पताल निर्माण कम्पनीले वताएको छ ।


अनुगमन तथा निरिक्षणको लागी हरिपूर्वा नगरपालिका को प्रमुख प्रशासकिय अधिकृत बसन्त न्याृपाने,प्रशासन तथा योजना प्रमुख सकलदेव राय, हरिपूर्वा नगरपालिकाको सब इन्जिनियर दिलिप यादव सहितको टोली ले आज स्थलगत अनुगन गर्नुभएको छ ।

Comments
Loading...