बाल संरक्षण सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु

मुकेश झा - २०७९-पुष - २ गते

हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँ पालिकाका बाल अधिकार समितिका पदाधिकारीहरुलाई बाल संरक्षण सम्बन्धी ३ दिने क्षमता अभिबृधी तालिम सुरु भएको छ । अस्ट्रेलियन एड, वर्ल्ड भिजन इनटरनेशनल नेपाल , ह्याण्डीक्याप इनटरनेशनल, विश्व शिक्षा, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, तथा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको समन्वयमा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ ) परियोजना अनतर्गत बाल अधिकार समितिका पदाधिकारीहरुलाई तालिम प्रदान गरिने छ ।
तालिमको उद्घाटन कार्यक्रममा हरिपुर्वा नगर प्रमुख बिनोद कुमार साहले सम्बोधन गर्नु हुदै राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले हरिपुर्वा नगरपालिकामा ठुलो योगदान पुर्याएको बताउनुभयो । उहाँले बालबालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कारण ठुलो परिवर्तन भएको बताउनुभयो ।
कार्यक्रममा हरिपुर्वा नगर उपप्रमुख सुमिन्त्रा देवी गवारिन, प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, वडा नं ८ का वडा अध्यक्ष रमेश यादव , वडा नं १ का वडा अध्यक्ष श्यामबाबु यादव, वडा नं ५ का वडा अध्यक्ष विजय भुषण साह, वडा नं ६ का वडा अध्यक्ष रामसोगारथ राय यादव, प्रशासकीय अधिकृत कुमार परियार, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कोषाध्यक्ष पिंकी साह संरक्षक संयोजक नागेन्द्र प्रसाद शाह लगायतका सहभागीहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...