हरिपूर्वा नगरप्रमुख साहद्वारा विद्यालय भवनको शिलान्यास

मुकेश झा पुष-१९ -२०७९

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तरगत सर्लाहि को हरिपुर्वा नगरपालिका वडा नम्वर ४ डुमरियामा रहेको जनता अधारभुत विद्यालय र साहपुर को जनशक्ती प्रा बि मा आज एक कार्यक्रमका बिच आर सि सि २ कोठे भवनको शिलान्यास समपन्न भएको छ ।

जनता अधारभुत विद्यालय डुमरिया को भवनमा कुल लागत ४० लाख ९२ हजार २ सय ७१ रहेको आर आर पि के सर्लाहीका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनूभयो । त्यस्तै हरिपूर्वा नगरपालिका वडा नम्बर ४ कै साहपूर स्थित रहेको जनशक्ति प्राथमिक विद्यालयमा भवन निर्माणको लागी ३९ लाख ४४ हजार ७ सय ६५ रुपैया को बजेट रहेको शाहले बताए ।

हरिपूर्वा नगरपालिका को नगरप्रमुख बिनोद कुमार साहले २ वटै विद्यालयको भवनको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा वडाध्यक्ष नोखेलाल राय, उप प्रमुख सुमिन्त्रा देबि ग्वारिन, शिक्षा शाखा प्रमुख जनक काफले, प्र अ मिना देबि यादब, आर आर पि को संरक्षण संयोजक नागेन्द्र साह,लेखा संयोजक लालबाबु साह ,परियोजना संयोजक आदित्य पटेल,रुपान्तरण कक्षा को अभियन्ता हरु को पनि उपस्थिति रहेको थियो

Comments
Loading...