पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्र्तगत जनचेतना मुलक सडक नाटक

लोकप्रिय अवाज समाचारदाता पुष-२० - २०७९

राष्ट्रिय रोजगार पर्वद्धन केन्द्र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र हरिपूर्वा नगरपालिकाको सम्नवयमा हरिपूर्वा नगरपालिकाको विभिन्न वडाहरुमा गर्भवती सुत्केरी र उनीहरुको घरपरिवारलाई लक्ष्ति गरि दलित बस्ती तथा विभिन्न चोकहरुमा सडक नाटकको माध्यमले जनचेतना पु¥याउने कार्य भइरहेको राष्ट्रिय रोजगार पर्वद्धन केन्द्र को राम शुसिल महतोले जानकारी गराएको छ ।

हरिपूर्वा वडा नम्बर १ स्थित रहेको स्वास्थ्यचौकी अगाडी पासवान चौकमा आज सडक नाटकको कलाकारहरुले वाल बिबाह बाट हुने समस्याहरु,र्गभवती महिलालाई गरिने व्यवहार,पौष्टिक अहार,स्वास्थ्य सस्ंथामा हुने प्रसुतीको फाइदा तथा परिवार नियोजन सम्बन्धी चेतनामुलक संदेशहरु प्रस्तुत गरेका थिए ।


हरिपूर्वा वडा नम्बर १ को वडाध्यक्ष श्यामबाबू रायको अध्यक्ष्तामा शुरु गरिएको सडक नाटक कार्यक्रममा हरिपूर्वा नगरपालिकाको स्वास्थ्य संयोजक रामएकवाल राय,वल्र्ड भिजन इन्टरनेशनल नेपालका तर्फबाट श्याम अधिकारी ,गणेश पाण्डे,हरिपूर्वा स्वास्थ्यचौकी इन्र्चाज चन्द्र किशोर साह,राष्ट्रिय रोजगार पर्वद्धन केन्द्रका र्तफबाट राजेश साह,राम शुसिल महतो,जितेन्द्र महतो,उमेशनन्दन चौधरी,पत्रकार मुकेश झा सहित सैकडौ दर्शकको उपस्थिती रहेको थियो ।

Comments
Loading...